तामाङ समाज अष्ट्रेलियाले जनवरी २८ मा ल्होछार विशेष कार्यक्रम गर्ने

उज्यालो प्रतिनिधि २५ पुष २०७९, सोमबार प्रवास

जमुना वाइबा/सिड्नी । वैदेशिक रोजगार तथा अध्यायनको क्रममा अष्ट्रेलियामा पुगेका तामाङहरुको छाता संगठन तामाङ समाज अष्ट्रेलियाले तामाङहरुको राष्ट्रिय पर्व सोनाम ल्होछारको अवसरमा बृहत सांस्कृतिक कार्यक्रम गर्ने भएको छ ।

यहीँ आउदो माघ १४ गते अर्थात जनवरी २८ तारिखका दिन स्थानीय समयअनुसार बेलुकाको ५ बजे म्यारिकभीलमा कार्यक्रम सुचारु हूने आयोजकले जनाएको छ ।

उक्त कार्यक्रममा सांगीतिक प्रस्तुतिका लागि नेपालदेखि तामाङ कलाकार संघका महासचिव एवम् बरिस्ठ गायक एवम् संगीतकार विशाल काल्तान र गायिका सुमीना लो पुग्नेछन् ।कार्यक्रममा स्थानीय कलाकार दिप तामाङ लगायतका अन्य कलाकारहरुको बेजोड प्रस्तुति रहनेछ ।

प्रवासमा पनि आफ्नो सस्कृति, धर्म, परम्परा, भाषा,भेषभुषा र तामाङ मौलिकतालाई सम्बर्द्धन र प्रवर्द्धन गर्ने हिसाबले कार्यक्रम आयोजना गरेको र पछिल्लो समय नयाँ युवापुस्तामा आफ़नो मातृ भाषा, धर्म, परम्परा लोप हूने अवस्थामा सिर्जना नहोस भनेर , युवापुस्तलाई प्रोत्साहन गर्ने उदेश्यले उक्त कार्यक्रम आयोजना गरेको तामाङ समाज अष्ट्रेलियाका उपाध्यक्ष अबिरल तामाङले उज्यालो नेटवर्कलाई जानकारी गराए ।

प्रत्येक बर्ष ल्होछारको अवसरमा तामाङ समाज अष्ट्रेलियाले विभिन्न सांस्कृतिक कार्यक्रम तथा आपतविपतमा परेका नेपालीहरुलाई सहयोग गर्दै आइरहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार