आगलागी हुँदा १८ लाख बढीको क्षति

उज्यालो प्रतिनिधि २१ मंसिर २०७९, बुधबार समाचार

कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१ गणेशपुरका तारासिंह महराको घरमा आज आगलागी हुँदा रु १८ लाख बढीको क्षति भएको छ । विद्युत् सर्ट भई घरमा आगलागी भएको हो । आगलागीबाट रु चार लाख ५० हजार नगद, सात तोला सुनका गहना, दुई वटा कम्प्युटर, प्रिन्टर, महत्वपूर्ण कागजपत्र, लुगाकपडा, फर्निचर, खटियालगायत जलेर नोक्सानी भएको पीडितका दाजु धनसिंह महराले बताउनुभयो ।

“बसको किस्ता तिर्नका लागि राखेको नगद रु चार लाख ५० हजार रकम घरमा आगलागी हुँदा जल्यो”, उनले भने, “गहनासहित लगाउने बिछ्याउने, ओढ्ने कपडा सबै जलेर नोक्सानी भएको छ ।” घरमा आगलागी भएको खबर पाएपछि स्थानीयवासीले नजिकैको खानेपानीको पाइपबाट पानी ल्याई आगो निभाएका छन् ।

महरा परिवारको घरमा आगलागी हुँदा निकै ठूलो क्षति भएको वडाध्यक्ष उत्तरदेव भट्टले बताए । घरमा आगलागी भई कति क्षति भयो भन्नेबारे प्रहरीले मुचुल्का तयार गर्ने कार्य भइरहेको उनले बताए । आगलागी भएको खबर पाइएपछि समयमै नियन्त्रण गरिँदा पूरै घर आगलागी हुनबाट जोगिएको उहाँको भनाइ रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार