समुह विजेता बन्दै अर्जेन्टिना नकआउट चरण प्रवेश

उज्यालो प्रतिनिधि १५ मंसिर २०७९, बिहीबार खेल

दोहा । कतारमा जारी विश्वकप फुटबलमा अर्जेन्टिना समुह विजेता बन्दै नकआउट चरण प्रवेश गरेको छ ।

समूहको आफ्नो अन्तिम खेलमा बुधबार राती पोल्यान्डलाई २(० गोलले पराजित गर्दै अर्जेन्टिना प्रिक्वाटरफाइनल पुगेको हो।

अर्जेन्टिना ३ खेलबाट ६ अंक जोडेर समूह विजेता बन्यो। पहिलो खेलमा साउदी अरबसँग २(१ गोलले पराजित भएपछि दबाबमा आएको अर्जेन्टिनाले दोस्रो खेलमा मेक्सिकोलाई २(० गोलले हराएर दोस्रो चरण प्रवेशको सम्भावना कायम राखेको थियो।

बुधबार पोल्यान्डविरुद्ध कप्तान लियोनल मेस्सीले पेनाल्टी अवसर सदुपयोग गर्न नसकेपनि अर्जेन्टिनाले दबाबपूर्ण प्रदर्शन गर्दै जित निकालेको थियो।

अर्जेन्टिनाको जितमा मार्क एलिस्टर र जुलियान अल्भारेजले गोल गरे। एलिस्टरले ४६ र अल्भारेजले ६७ औँ मिनेटमा गोल गरेका हुन्। त्यसअघि ३९ औँ मिनेटमा मेस्सीलाई डीबक्सभित्र लडाइएपछि अर्जेन्टिनाले पेनाल्टीको अवसर पाएको थियो।

यो समुहबाट अर्जेन्टिनासँगै पोल्याण्ड नकआउट चरणमा प्रवेश गरेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार