काश्मिरको निलम उपत्यकामा जीप खस्दा ६ जनाको मृत्यु

उज्यालो प्रतिनिधि १२ मंसिर २०७९, सोमबार विश्व

पाकिस्तान । मतदाता बोकेका एक जीप पाकिस्तान–नियन्त्रित काश्मिर (पीओके) को निलम उपत्यकामा नालामा खस्दा छ जनाको मृत्यु हुनुको साथै अन्य आठ जना घाइते भएका डन पत्रिका आइतबार जानकारी दिएको छ ।

 

यस घटनामा परी मृत्यु हुनेमा छ जना महिला रहेका स्थानीय प्रहरीले जनाएको छ । दुधनियालको छारी इलाकामा आइतबार दिउँसो करिब १२ः३० बजे जीप तीन सय फिट गहिरो सुख्खा नालामा खसेको जिल्ला विपद् व्यवस्थापन अधिकृत अख्तर अयुबलाई उद्धृत गर्दै डनले जनाएको छ ।

गाडीले आफ्नो क्षमता भन्दा धेरै मानिसहरू बोकेको अयुबले थप जानकारी दिनुभएको छ । दुर्घटना घाइते भएकाको अवस्था पनि गम्भीर रहेको बताइएको छ । यात्रुहरू निलम खोलाको छेउमा रहेको ठण्डा पानी गाउँका बासिन्दा रहेका र नजिकैको मतदान केन्द्रमा आएका थिए ।

घाइतेहरूलाई दुधनियाल आधारभूत स्वास्थ्य इकाईमा लगिएको थियो । पाँचजना गम्भीर घाइते भएकाले थप उपचारका लागि मुजफ्फराबाद पठाइएको थियो ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार