नेताले नाकामा भोट देखे, दुःख देखेनन् ! ‘हामीलाई आफ्नै मुलुकले पराइजस्तो ठान्छ’

शिवु खनाल १२ मंसिर २०७९, सोमबार मुख्य नेटवर्क

देउखुरी (भौवानाका) ।   भारतसंग सीमा जोडिएको दाङको राजपुर गाउँपालिका वडा नम्बर ७ उत्तरमा नेपाल र भारतको सीमा दशगजामा रहेको सिमलको रुखले छुट्याउँछ । स्थानीय नाकाबासीहरुका अनुसार आफुहरु नाका क्षेत्रमा बसोबास गर्न लागेदेखि नेपाल र भारत सीमा सिमलको रुखले छुट्याउँदै आएको उनिहरुको भनाइ छ । दुइदेशका सीमाविदहरुले सुगौली सन्धि गर्ने क्रममा नै भौवा खोलामा पर्ने सिमलको रुखलाई नै आधार मानेर नेपाल र भारतको सीमा तय गरिएको हो रु यस्तो नाकाबासीहरुले प्रश्न गर्ने गरेका छन् । त्यती मात्रै होइन, यो बस्तीबाट पारि (तल) सीमा तोकिएको थियो । तर पछि भौवा खोला बस्तीभन्दा निकै वरबाट बग्न थाल्यो र बौडर भौवानाकाका बस्ती भौवापारीको बस्ती बन्यो ।’ नेपाली नागरिकको बसोबास नभएको भए यो बस्ती उहिल्यै भारतले आफ्नो बनाइसक्ने स्थानीय नागरिक अगुवा भिमबहादुर वलीले बताए । उनीहरुको भनाइमा भौवापारिको यो सीमा गाउँका वासिन्दा खासमा सीमाका सच्चा बिना (बर्दिका) रक्षक हुन् । यो बस्तीमा नेपाली नागरिकको बसोबास भएकै कारण भारतले यहाँ जमिन हडप्न नसकेको हो ।

तर तिनै सीमा रक्षकले आफ्नो भूमिमा बस्दा भोग्नु परेको तिरस्कार, अभाव र असुविधा चाहिँ भनिसाध्ये छैन । यो गाउँमा राज्यको उपस्थितिको नाममा हालसालै सशस्त्र प्रहरीको प्रहरी सहायक निरीक्षक (असई) को नेतृत्वमा एउटा बोर्डर आउट पोष्ट (बीओपी) छ । स्थानीयवासी भन्छन्, ‘हामीलाई आफ्नै मुलुकले पराइजस्तो ठान्छ ।’ राजपुर गाउँपालिका वडा नम्बर १ पटौलीनाकामा विद्युत्का पोल र तार तानिएको छ । स्थानीयका अनुसार करिब दुईवर्ष भयो राजपुर गाउँपालिका वडा नम्बर १ अन्तरगत पर्ने पटौलीनाका लगायतका केही गाउँमा विद्युतको पोल र तार पुगेको छ । तर केही दिन अगाडि मात्रै हामी पुग्दा गाउँमा भने बत्ती बलेको थिएन । बिजुलीको पोलमा तार टांङ्गिएको छ तर, विद्युत् सुचारु भएको छैन । यस विषयमा सम्बन्धीत निकायको ध्यान जान नसक्दा स्थानीय नाकाबासीहरुले निकै कष्टकार जीवन बिताउन बाध्य भएका छन् । स्थानीय नाकाबासीहरुले आफ्नो दुःख सुनाउँछन्, ‘नेपालबाट बोलायो भने कोही आउँदैनन्, पारिकालाई बोलाए आउँथे ।’

निर्वाचनका बेला भोट माग्न आउँदा बाटो बनाइदिन्छु, यस्तो गरिदिन्छु, उस्तो गरिदिन्छु भन्थे । चुनाव गएपछि बाईबाई, गाउँमा केही छैन, कोही आउँदैनन्, स्थानीय सुकौली नाका निवासी देविराम सुनारले भन्नुभयो,–। ‘भारतसंग सीमा जोडिएका दाङका नाकाहरुमा आधारभुत सेवाहरुको सुविस्ता छैन । विरामी हुदाँ सामान्य सिटामोल किन्न भारतीय अस्पताल जानुपर्ने बाध्यता रहेको छ । यो समस्या वर्षौदेखि भोग्दै आएका छाँै । अहिलेसम्म कहिकतै बाट सुनुवाई भएको छैन ।’ उहाँका अनुसार बर्सेनि खहरे खोलामा आउने बाढीले नाकाका विभिन्न गाउँ कटान र डुबानमा पार्छ । भारतसंग सीमा जोडिएका दाङ जिल्लामा ३४ वटा नाकाहरु रहेका छन् । उक्त नाका क्षेत्रमा करिब दशहजार जनसंख्या रहेको छ । यहाँका करिब दर्जनौभन्दा बढि नाकाबासीहरुले खेती गर्छन् । तर त्यही खेती गरेर उब्जाएको अन्नबाली भारतीय बजारमा लगेर बेच्न खोज्दा सीमामा भारतीय एस।एसबीले (सशस्त्र) नेपालबाट तस्करी गरेर ल्याएको सामान’ भनिदिन्छ, केरकार गर्छ र शंकाको दृष्टिले हेर्छ ।
कति पटक त जिल्लाबाट सिफारिस बनाएर ल्याउनू भनेको स्थानीय नाकाबासीहरुको गुनासो रहेको छ । हालसालै प्रतिनिधि सभा र प्र्रदेश सभा निर्वाचन सम्पन्न भएको छ । दाङ जिल्लाका नौजना जनप्रतिनिधि निर्वाचित गराइ हामीले पठायाँै । ती जनप्रतिनिधिले भारतसंग सीमा जोडिएको ८३ किलोमिटर रहेको जिल्लाको सीमा क्षेत्र बसोबास गर्ने नाकाबासीहरुको समस्यालाई तत्तकालै दिगो रुपमा समाधान गर्नुपर्ने राजपुर गाउँपालिका वडा नम्बर ७ भैसाहीँनाका निवासी लिलाराम विकले बताए । विकले भने,–। ‘आफ्नै जमिनबाट फसल लाग्दा पनि उभ्याइराख्छ ।

भारतय (एस।एस।बी)ले विभिन्न अवस्थमा छोराहरुलाई रोकेर सताउने गर्छ ।’ उनले तरकारी बेचेर आएको पैसाले भारतबाट २५ देखि ५० रुपैयाँ किलोसम्मको चामल किनेर ल्याउने गरेको सुनाए । धान लगाउन जमिन छैन, भएको पनि सबै बालुवा छ, नकिनेर के गर्नु ?’ सीमा पारिको यो गाउँको अर्को समस्या हो शिक्षा । यहाँ उच्च शिक्षा गरेका कमै मात्र भेटिन्छन् । सीमा क्षेत्रमा तीनवटा मात्रै मा।वि तहमा विद्यालय छन् । अन्य सीमा क्षेत्रका गाउँमा रहेको सामुदायिक विद्यालयमा आधारभुत तहको पठनपाठन मात्रै हुदैँ आएको छ । गाउँमा कक्षा ३ देखि ७ सम्मसम्म मात्र पढाइ हुन्छ, त्योभन्दा बढी पढ्न जानै सकिन्न ।’ आफ्नै नेपाली भुमि जाने गतिलो बाटो छैन । यहाँका वासिन्दासँग टाढासम्म पठाएर पढाउन खर्च गर्ने क्षमता पनि छैन । ‘खान त पुग्दैन, के गरी पढाउने रु’ उनले प्रश्न गरे । गाउँमै माद्यमिक विद्यालय भए विद्यार्थीले सहज रुपमा पढ्न पाउँथे भन्ने नाकाबासीहरुको भनाइ छ ।

स्थानीय लिलाराम विकको नजरमा गाउँको प्रमुख समस्या सडक हो । हिँड्ने नै बाटो छैन, उनले भने,–। ‘तपाईंहरुले पनि देख्नु भो होला, गाउँपालिकाले खोलेको ट्र¥याक छ तर, छ महिना मात्रै सञ्चालनमा आउँछ, वर्षात्को समयमा बाढी पहिरोका कारण उक्त कच्ची सडक पूर्णरुपमा बन्द हुन्छ । त्यपछि भारतीय भुमि प्रयोग गर्नुपर्ने बाध्यता हुन्छ । बाटोकै समस्याका कारण सामान्य किनमेल गर्न पनि भारततिरै जाने गरेको विकले बताए । यता आफ्नै नेपाली भुमि जानका लागि बाटो छैन, बरु भारततिर गएर किन्न सहज छ ।

त्यती मात्रै होइन, नाकाका अधिकांश गाउँका कोही विरामी परे भारतबाटै स्वास्थ्यकर्मी बोलाउनुको विकल्प नभएको उनले बताए । ‘नेपालमा डाक्टरै छैनन्, पारिकालाई बोलाए जतिसुकै बेला आउँछन् तर, भारतीय डाक्टरले तोकेको चर्को मुल्यमा उपचार गराउन बाध्यछाँै । गाईवस्तु विरामी हुँदा पनि भारतबाटै बोलाउने हो ।’नाकाका गाउँमा खानेपानीको पनि सुविधा छैन । खोलाको धमिलो पानी पिउन बाध्य छन् नाकाबासीहरु । सबैले खोलाबाट पानी निकालेर खाने हो, यहाँ फिल्टर गर्ने भन्ने हुँदैन । बर्सेनि चुनावको बेलामा भोट माग्न आउँदा नेताहरुले गाउँमा विकास गर्ने आश्वासन दिने गरेको उनले बताए । चुनाव सकिएपछि उनीहरु फर्केर नआउने गरेको स्थानीय नाकाबासीहरुले गुनासो पोख्ने गरेको छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार