नुवाकोट–१(१) मा माओवादीका राधिका विजयी

उज्यालो प्रतिनिधि १० मंसिर २०७९, शनिबार मुख्य नेटवर्क

नुवाकोट । नुवाकोटको निर्वाचन क्षेत्र नं १ प्रदेश (१) मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार राधिका तामाङ निर्वाचित भएका छन् ।

आज बिहान सम्पन्न मतगणनाको नतिजाअनुसार तामाङले १६ हजार एक सय ६९ मत ल्याएर विजयी हुनुभयो । उनका निकटतम प्रतिस्पर्धी नेकपा (एमाले)का उम्मेदवार सुशीलकुमार खड्काले ११ हजार तीनसय ५० मत ल्याउनुभएको निर्वाचन अधिकृत टेकराज भुसालले जानकारी दिए । यसअघि सोही प्रदेशसभाबाट निर्वाचित हुनुभएका तामाङले यो पटकको चुनावमा एमालेका उम्मेदवार खड्काभन्दा चार हजार आठसय १९ मतान्तरले विजयी हुनुभएको हो ।

उक्त निर्वाचन क्षेत्रमा राष्ट्रिय प्रजातन्त्र पार्टीका उम्मेदवार रामु पण्डितले एक हजार पाँच सय नौ, नेकपा (एकीकृत समाजवादी)का राजेश थापाले दुई सय ८२, मङ्गोल नेशनल अर्गनाइजेशनका कर्म तामाङले एक सय ८५, जनसमाजवादी पार्टीका शेरबहादुर विश्वकर्माले एक सय ६७ र नेपाल मजदुर किसान पार्टीका काशीलाल डङ्गोलले एक सय तीन मत प्राप्त गरे।

यही मङ्सिर ४ मा सम्पन्न भएको निर्वाचनमा उक्त निर्वाचन क्षेत्रमा खसेको कूल ३१ हजार एक सय सात मतगणना हँुदा २९ हजार सात सय ६५ मत सदर भएको सहायक निर्वाचन अधिकृत प्रयास भट्टराईले जानकारी दिए।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार