कतार विश्वकप : ब्राजिल २-० ले विजयी

उज्यालो प्रतिनिधि ९ मंसिर २०७९, शुक्रबार खेल

काठमाडौं । ब्राजिलले कतारमा जारी फिफा विश्वकप फुटबलमा विजयी सुरुआत गरेको छ । लुसाइल स्टेडियममा बिहीबार राति भएको खेलमा सर्बियालाई २-० गोल अन्तरले हराउँदै ब्राजिलले सुखद सुरुआत गरेको हो ।पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको दोस्रो हाफमा रिचार्लिसन चम्किदा ब्राजिलले सहज जित निकालेको हो । ब्राजिलको जितमा दुबै गोल रिचार्लिसनले गरे ।

खेलको ६२ औं मिनेटमा रिचार्लिसनले गोल गर्दै ब्राजिललाई सुरुआती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ७३ औं मिनेटमा रिचार्लिसनले व्यक्तिगत दोस्रो गोल गर्दै ब्राजिललाई २-० को जित दिलाए ।

जितसँगै समूह ‘जी’ को ब्राजिलले पहिलो खेलमै ३ अंक जोडेको छ । ब्राजिल शीर्ष स्थानमा रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार