नेपाल लाइफ इन्स्योरेन्स विरेन्द्रबजार शाखाद्धारा मिर्चैयामा एक कार्यक्रम बिच मृतक परिवारलाई ११ लाख ७० हजार मृत्युदाबी

उज्यालो प्रतिनिधि ८ मंसिर २०७९, बिहीबार समाचार
सिरहा । जीवन बिमा के का लागि ? जवाफ प्रष्ट छ, रहँदा आफ्ना लागि, नरहँदा परिवारका लागि । नेपाल लाइफ इन्स्योरेन्स विरेन्द्रबजार शाखाले एक कार्यक्रम बिच मृतकको परिवारलाई मृत्युदाबी रकम भुक्तानी गरेको छ ।
मिर्चैया नगरपालिका वडा नं.६ निबासी श्रीमती तेतरी देवी साहको श्रीमान एबम यस कम्पनीका बिमित स्व रामपवितर साहको असमायिक मृत्यु भएकोले निजकी श्रीमती तेतरी देवी साहलाई एक कार्यक्रम बिच ११ लाख ७० हजार बराबरको नेपाल लाइफ इन्स्योरेन्स कम्पनी विरेन्द्रबजार शाखा प्रमूख राजन बहादुर श्रेष्ठले चेक हस्तान्तरण गर्नुभयो । तर बिमाको रकम बुझ्न गाह्रो हुन्छ भन्ने भ्रम मात्र रहेको र आफुले बिमा वापतको रकम तुरुन्त पाएको मृतकका छोरा रमन कुमार साहले बताए ।No description available.
मृतकको ३ वर्ष अगाडी सुरक्षित जीवन बीमा योजना १० लाखको बिमा,बार्षिक रु ८२ हजार १ सय ७६ रुपैयाँ र जम्मा गर्ने गरि ३ किस्ता कुल रु २ लाख ५२ हजार ५ सय २८ रुपैया यस कम्पनीमा जम्मा गरेको नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले विरेन्द्रबजार शाखा प्रमूख राजन बहादुर श्रेष्ठले बताए । प्रमूख श्रेष्ठले बीमाको महत्व र आवश्यकता बारे जानकारी गराउदै आजको दिनमा मानब जिबन अति नै जोखिमपूर्ण रहेकोले सुनौलो भबिस्य निश्चित गर्नको लागि बीमा अतिनै आवश्यक रहेको र भबिस्यको लागि आर्थिक सहारा हुने भन्दै सम्पूर्ण उपस्थितहरुलाई बीमा गर्नुपर्ने धारणा ब्यक्त गरे । उत्त कार्यक्रमा मिर्चैया नगरपालिका वडा नं.६ का पूर्व वडा अध्यक्ष देव कृष्ण साह,वरिष्ठ एजेन्सी मेनेजर धनेश्वर महतो, एजेन्सी मेनेजर प्रकाश हमाल,पशुपति साह,तारा दाहाल,अनिल कुमार साहको उपस्थिति रहेको थियो । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी मधेश प्रदेश(क) प्रमुख दशरथ झाले भने कम्पनीले यसअघिका बीमा दाबीहरुमा पनि बीमितको हकदारले कागजात पेश गरेको छोटो समयमा नै रकम भुक्तानी गर्ने गरेको छ ।
Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार