इन्सपेक्टर सञ्जय बुचाको कमाण्डमा अवैध हातहतियार र विस्फोटक पदार्थसहित एक पक्राउ

उज्यालो प्रतिनिधि ८ मंसिर २०७९, बिहीबार समाचार

 

ताप्लेजुङ । प्रहरी निरीक्षक सञ्जय बुचाको कमाण्डमा खटिएको प्रहरी टोलिले हातहतियारसहित एक व्यक्ति पक्राउ गरेका छन । ताप्लेजुङको मिक्वाखोला गाउँपालिका वडा नं ४ बस्ने हंसराज लिम्बुका छोरा नवीन कुमार नाल्बोलाई पक्राउ गरिएको हो । उनीमाथि आफ्नै भाइ शुक्रराज नाल्बो लिम्बुको भरुवा बन्दुकबाट गोलि प्रहार गरि हत्या प्रयासको आरोप छ ।

निजलाई पक्राउ गरि अपराधसँग सम्बन्धित प्रमाण संकलन गर्ने क्रममा उनको घरमा खानतलासी गर्दा भरुवा बन्दुक नाल एक थान, बारुदको कालो धुलो पदार्थ प्लाष्टिकको पोको एक थान, सेतो बट्टामा समेत बारुद रहेको (gun powder) एक थान, भरुवा बन्दुकमा लोड गर्न प्रयोग गर्ने गोली (फलामका छर्रा) ६ ओटा, फलाम काट्न प्रयोग गर्ने औजार एक थान, दापसहितको खुकुरी एक थान, भरुवा बन्दुकको बट जस्तो देखिने काठको बस्तु एक थान, रडको टुक्रा दुई थान बरामद गरिएको छ ।
उनीमाथि अवैध हातहतियार प्रयोगको कारण फौजदारी मुद्धा अन्तर्गत कर्तव्य ज्यान तथा हातहतियार खरखजना मुद्धा चलाउने प्रहरीले जनाएको छ ।

इन्सपेक्टर सञ्जय बुचा प्रदेश नं १ को सर्वोत्कृष्ट प्रहरीको रुपमा पुरस्कृत भइसकेका प्रहरी अधिकारी हुन ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार