विश्वकपमा आज चार खेल

उज्यालो प्रतिनिधि ८ मंसिर २०७९, बिहीबार खेल

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बिहीबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बिहीबार समूह ‘जी’ र समूह ‘एच’ का दुई दुई खेलहरू हुनेछन् ।

 

आज हुने खेलहरूमा पोर्चुगल, ब्राजिल, उरुग्वे जस्ता बलियो टोलीहरू प्रतिस्पर्धा गर्दैछन् । आज हुने पहिलो खेलमा समूह ‘जी’ मा रहेको स्विजरल्याण्ड र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ । स्विजरल्याण्ड र क्यामरुनबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।

दोस्रो खेलमा समूह ‘एच’ को उरुग्वे र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । उरुग्वे र दक्षिण कोरियाबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । गत सिजन रसियामा आफ्नो प्रभुत्व जमाउन सफल टोलीलाई आजको खेलमा जित निकाल्दै प्रतियोगितामा सुखद सुरुवात गर्ने योजना छ ।

विश्वकप अन्तर्गत नै बिहीबार हुने तेस्रो खेलमा उपाधि दाबेदार पोर्चुगल र घानाबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘एच’ मा रहेको पोर्चुगल र घानाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ ।

प्रिमियर लिग क्लब म्यान्चेस्टर युनाइटेड छोडेका उनलाई आजको खेलमा सहज जित निकाल्दै सुखद सुरुवात गर्ने मौका छ । बिहीबार हुने चौथो खेलमा ब्राजिलले सर्बियाको सामना गर्नेछ । समूह ’जी’ मा रहेको ब्राजिल र सर्बियाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । मध्येपूर्वको मुस्लिम राष्ट्रमा पहिलो पटक आयोजना भइरहेको विश्वकपमा ३२ राष्ट्रले प्रतिस्पर्धा गरिरहेका छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार