तनहुँबाट वरिष्ठ नेता पौडेल विजयी

उज्यालो प्रतिनिधि ८ मंसिर २०७९, बिहीबार मुख्य नेटवर्क

डुम्रे । तनहुँ क्षेत्र नं १ बाट प्रतिनिधिसभा सदस्यमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल विजयी हुनुभएको छ ।

वरिष्ठ नेता पौडेल पाँच हजार तीन सय ८८ मतान्तरले विजयी हुनुभएको जिल्ला निर्वाचन अधिकारी हरिप्रसाद ढकालले जानकारी दिए । आज सम्पन्न अन्तिम मत परिणामअनुसार पौडेलले २५ हजार तीन सय १८ मत पाउनुभएको छ । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानाले १९ हजार नौ सय २५ मत पाउनुभएको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टीका विकास सिग्देलले छ हजार ३२, स्वतन्त्र उम्मेदवार गोविन्दराज जोशीले छ हजार आठ सय ७८, राष्ट्रिय प्रजातन्त्र पार्टीका विनोदकुमार घर्तीले दुई हजार चार सय ८३ मत प्राप्त गर्नुभएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । यस क्षेत्र नं १ मा एक लाख २३ हजार चार सय ९० मतदातामा ६६ हजार पाँच सय ८४ मत खसेको थियो । ६२ हजार पाँच सय ८४ मत सदर भएको छ भने चार हजार मत बदर भएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार