विश्वकप फुटबलमा आज चार खेल

उज्यालो प्रतिनिधि ७ मंसिर २०७९, बुधबार खेल

काठमाडौँ । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत आज बुधबार चार खेलहरू हुँदैछन् । कतार विश्वकपमा बुधबार समूह ‘ई’ र समूह ‘एफ’ को दुई दुई खेलहरू हुनेछन् ।

 

आज हुने पहिलो खेलमा क्रोएसियाले मोरोकोको सामना गर्दैछ । समूह ‘एफ’ मा रहेको साविकको उप–विजेता टोली मोरक्को र क्रोएसियाबीचको खेल नेपाली समय अनुसार दिउँसो ३:१५ मा हुनेछ ।

क्रोएसिया र मोरक्कोबीचको खेल नेपाली समय अनुसार दिउँसो ३स्४५ बजे सुरु हुनेछ । आज हुने खेलमा सहज जित निकाल्दै क्रिएसिया अघिल्लो विश्वकप जस्तै लय कायम गर्ने योजनामा छ ।

दोस्रो खेलमा उपाधि दाबेदार जर्मनी र जापानबीच प्रतिस्पर्धा हुनेछ । समूह ‘ई’ मा रहेको जर्मनी र जापानबीचको खेल साँझ ६ः४५ बजे सुरु हुनेछ । गत संस्करणमा समूह चरणबाटै बाहिरिएको जर्मनी आजको खेलमा सहज जित निकाल्दै प्रतियोगिताको सुरुवात गर्ने योजनामा छ ।

यता जापान पनि सहज जितको अपेक्षामा हुनेछ । विश्वकप अन्तर्गत नै बुधबार हुने तेस्रो खेलमा स्पेन र कोस्टारिकाबीच प्रतिस्पर्धा हुनेछ । स्पेन र कोस्टारिकाबीचको खेल राति ९ः४५ बजे सुरु हुनेछ । बुधबार हुने अन्तिम खेलमा बेल्जियमले क्यानडासँग भिड्दै छ । समूह ‘एफ’ मा रहेको बेल्जियम र क्यानडाबीचको खेल राति १२ः४५ बजे सुरु हुनेछ । बेल्जियम गत संस्करण सेमिफाइनलबाट बाहिरिएको थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार