बीमा शुल्क सङ्कलनमा झण्डै तीन प्रतिशतले गिरावट

उज्यालो प्रतिनिधि ७ मंसिर २०७९, बुधबार समाचार

काठमाडौँ । कूल बीमा शुल्क सङ्कलनमा झण्डै तीन प्रतिशतले गिरावट आएको छ । नेपाल बीमा प्राधिकरणका अनुसार चालू आर्थिक वर्षको असोज मसान्तमा कुल बीमाशुल्क सङ्कलन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा घटेको हो ।

 

प्राधिकरणका अनुसार चालू आवको असोज मसान्तसम्ममा सञ्चालनमा रहेका १९ वटा जीवन बीमा कम्पनी र १९ वटा निर्जीवन बीमा कम्पनीसहितका ३८ वटा कम्पनीहरूको कुल बीमाशुल्क सङ्कलन रकम ४६ अर्ब ६१ करोड ९३ लाख १० हजार रूपैयाँ रहेको छ । गत आवको सोही अवधिमा भने यस्तो रकम ४७ अर्ब ८७ करोड ४१ लाख ३५ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा निर्जीवन बीमा कम्पनीहरूले मात्र सङ्कलन गरेको कुल बीमाशुल्क रकम १० अर्ब ८४ करोड २४ लाख ५२ हजार रुपैयाँ रहेको छ । गत आवको सोही अवधिमा निर्जीवन बीमा कम्पनीहरूको यस्तो रकम नौ अर्ब ६९ करोड ९३ लाख ४७ हजार रुपैयाँ रहेको थियो । आजको आर्थिक राष्ट्रिय दैनिकमा समाचार छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार