पश्चिम नवलपरासी मादक पदार्थ सेवन गरेका एकजना मतदान अधिकृत जिम्मेवारीबाट मुक्त

उज्यालो प्रतिनिधि १ मंसिर २०७९, बिहीबार मुख्य नेटवर्क

-रबिन्द्र यादव
नवलपरासी पश्चिम ।  नवलपरासी पश्चिम मा एकजना मतदान अधिकृतलाई जिम्मेवारीबाट बर्खास्त गरिएको छ । उनलाई मादक पदार्थ सेवन गरि आचरण विपरीत कार्य गरेको पाइएकाले जिम्मेवारीबाट मुक्त गरिएको जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले जनाएको हो । बकमणी माध्यमिक विद्यालय सुनवल (ख) केन्द्रमा जिम्मेवारी पाएका मतदान अधिकृतलाई जिम्मेवारीबाट मुक्त गरिको प्रमुख जिल्ला अधिकारी श्रवण कुमार पोखरेलले बताए । उनको ठाउँ बैकल्पिक मतदान अधिकृतलाई जिम्मेवारी दिइएको पोखरेलले समेत बताए ।

 

हाल उनलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीले जनाएको छ । यहि ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनलाई स्वच्छ,निष्पक्ष,शान्तिपूर्ण र भयरहित वातावरणमा बनाउन जिल्ला भित्र रहेका रहेका सम्पुर्ण तीन वटै सुरक्षा निकायलाई निर्देशन दिइसकेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । हाल जिल्लामा २ सय ८७ मतदान केन्द्र रहेको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार