हेटौंडा सिमेन्ट उद्योग १० वर्षपछि पूर्ण क्षमतामा सञ्चालन

उज्यालो प्रतिनिधि ३० कार्तिक २०७९, बुधबार बागमती

बागमती । सरकारी स्वामित्वमा रहेको हेटौंडा सिमेन्ट उद्योग पूर्ण क्षमतामा सञ्चालनमा आएको छ । तीन महिनापछि पूर्ण क्षमतामा सञ्चालनमा उद्योगले दैनिक सात सय ५० मेट्रिक टन सिमेन्ट उत्पादन गरिरहेको उद्योग प्रशासनले जनाएको छ ।
यसअघि उद्योगले तीन सयदेखि चार सय मेट्रिक टन सिमेन्ट उत्पादन गर्दै आएको छ । उद्योगका महाप्रबन्धक वसन्तकुमार पाण्डेले उद्योगले १० वर्षपछि पहिलो पटक पूर्ण क्षमतामा सिमेन्ट उत्पादन सुरु गरेको जानकारी दिए ।

मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनपछि सिमेन्ट बिक्री वितरण सुरु गरिने उनको भनाइ छ । हाल सिमेन्ट प्याकिङ गर्ने कार्यसमेत सुरु भइसकेको छ । कोइलाको अभावको कारण विगत तीन महिनादेखि बन्द रहेको उद्योग दुई हप्ता अघि सञ्चालनमा आएको हो ।

कोइला बिक्रेतासँग अनुरोध गरेर केही समयका लागि कोइलाको व्यवस्थापन गरी उद्योग सञ्चालनमा ल्याइएको उद्योग प्रशासनको भनाइ छ । भारत, भूटान र इण्डोनोसियालगायतका देशबाट कोइला आउन थालेपछि उत्पादन सुरु भएको हो ।

उद्योगले गरेको प्रारम्भिक अध्ययनबाट प्लान्ट मर्मतका लागि रु ८० करोडदेखि एक अर्ब र नयाँ प्लान्ट निर्माणका लागि रु पाँच अर्बदेखि रु आठ अर्ब खर्च हुने देखिएको छ । उद्योगमा हाल दुई सय १८ जना कर्मचारी छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार