सुदनलाई जिताउनुस् मन्त्री बनाएर पठाउँछु : प्रचण्ड

उज्यालो प्रतिनिधि ३० कार्तिक २०७९, बुधबार समाचार

भोजपुर । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सुदन किरातीलाई जिताए मन्त्री बनाएर पठाउने बताएका छन् । भोजपुरका तिवारी भन्ज्याङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै प्रचण्डले सुदन किरातीलाई मन्त्री बनाएर ऋण तिर्ने बताए ।

‘मैले सुदनजीलाई पुरानै ऋण तिर्नु छ । पहिला पनि मन्त्री बनाउन खोजिएकै हो सकिएन’ प्रचण्डले भने, ‘अब निर्वाचित भएपछि रोजेकै मन्त्रालय दिन्छु । तपाईहरु सुदनलाई जिताएर पठाउनुस् ।’ भोजपुरबाट सत्ता गठबन्धनका साझा उम्मेदवार किराती माओवादीबाट प्रतिनिधिसभा उम्मेदवार छन् । उनी निर्वाचित भए लगतै प्रचण्डले मन्त्री बनाउने आश्वासन दिएका हुन् । किराती २०६४ र २०७४ सालका सांसद हुन् । तर, उनी निर्वाचित भएलगतै मन्त्री हुने सम्भावना पनि बढी देखिएको छ ।

यस्तै राजनीतिक स्थिरताका लागि गठबन्धन गरिएको बताउँदै प्रचण्डले यो गठबन्धन लामो समयसम्म जाने ठोकुवा गरे । ‘यो गठबन्धन विकास र समृद्धिका लागि गरिएको हो । यो तत्काल भत्किँदैन यो धेरै टाढासम्म सोचे गरिएको छ’ प्रचण्डले भने– ‘विचारमा यो वा त्यो नभनेर गठबन्धनका सबै उम्मेदवार जिताउनेगरी लाग्नुस् ।’ यो चुनाव अग्रगामी र पश्चगामी बीचको लडाए भएकाले अग्रगामीहरुले चुनाव जित्नै पर्ने प्रचण्डले बताए ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार