राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थालाई ४० करोड लगानी गर्ने

उज्यालो प्रतिनिधि २९ कार्तिक २०७९, मंगलवार अर्थ

काठमाडौं । नेपाल राष्ट्र बैंकले उत्पादन तथा पेन्सनकोषको ४० करोड रुपैयाँ मुद्दती निक्षेप गर्ने भएको छ । मंगलबार सूचना निकालेर राष्ट्र बैंकले लिन चाहेको रकम र दिन चाहेको ब्याजदर उल्लेख गरी बैंक तथा वित्तिय संस्थाहरुलाई १ मंसिर साँझ ७ बजेभित्र प्रस्ताव गर्न भनेको छ ।

यसैगरी, सबैभन्दा धेरै ‘क’ वर्गका वाणिज्य बैंकमा ३२ करोड रुपैयाँ, ‘ख’ वर्गका राष्ट्रियस्तरका विकास बैंकमा ६ करोड र ‘ग’ वर्गका राष्ट्रियस्तरका वित्त कम्पनीमा २ करोड रुपैयाँ मुद्दती निक्षेप लगानी गर्ने राष्ट्र बैंकले जनाएको छ ।

बैंक तथा वित्तिय संस्था सञ्चालनको करिब २ वर्ष पूरा गरेको, पुँजीकोष अनुपात कायम रहेको, निष्क्रिय कर्जाभन्दा सापटी कर्जाको ५ प्रतिशतभन्दा कम भएको, खुद तरल सम्पति  स्वदेशी निक्षेप २० प्रतिशत वा सोभन्दा बढी, कर्जा निक्षेप अनुपात, अघिल्लो वर्षको नाफा, रियल स्टेट कर्जाजस्ता अन्य शर्तहरु पूरा भएका बैंकहरुले पाउने राष्ट्र बैंकले जनाएको हो ।

यो मुद्दती निक्षेपको अवधि ३६७ दिनको हुनेछ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार