नवलपरासी पश्चिम । प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड भोलि बर्दघाटको चौपता आउनुहुने भएको छ ।
नेपाली काङ्ग्रेस नवलपरासी क्षेत्र नं १ ले आयोजना गरेको चुनावी विशाल आम सभालाई प्रधानमन्त्री देउवा र अध्यक्ष प्रचण्डले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । विशाल आमसभा चौपताको खेल मैदानमा आयोजना हुने काङ्ग्रेसका क्षेत्रीय सभापति मुकुल कुमार आचार्यले जानकारी दिनुभयो । यस निर्वाचन क्षेत्रबाट प्रतिनिधिसभामा नेपाली काङ्ग्रेसका चर्चित नेता विनोद चौधरी गठबन्धनकातर्फबाट उम्मेदवार हुनुहुन्छ । त्यस्तै प्रदेशसभामा गठबंधनबाट बिश्वप्रेम पाठक उम्मेदवार हुन्।
दुई दिनअघि मात्रै माओवादी केन्द्र्ले यस क्षेत्रबाट नेपाली काङ्ग्रेसका नेता विनोद चौधरी नै गठ्बन्धन्का साझा उम्मेदवार रहेको स्पष्ट पारेको पृष्ठभुमिमा गठबंधनले विशाल आमसभा आयोजना गरेर प्रधानमन्त्री देउवा र माओवादी केन्न्द्रका अध्यक्ष प्रचण्डलाई सम्बोधनका लागि आमन्त्रण गरेको छ । उनीहरूकोआगनले गठबन्धन थप बलियो हुने बिश्वास लिइएको छ ।आमसभा भोलि बिहान ९ बजे शुरु हुनेछ ।