कूटनीतिक नियोगलाई निर्वाचनबारे जानकारी

उज्यालो प्रतिनिधि २८ कार्तिक २०७९, सोमबार मुख्य नेटवर्क

काठमाडौँ । निर्वाचन आयोगले काठमाडौंँस्थित कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिहरूलाई मङ्सिर ४ गते हुने प्रतिनिधिसभा प्रदेशसभा सदस्य निर्वाचन, २०७९ का बारेमा आयोगको कान्तिपथस्थित कार्यालयमा आज आयोजित कार्यक्रमबीच जानकारी गराएको छ ।

कार्यक्रममा प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष, पारदर्शी, भयरहित बनाउन भएका तयारीबारे भनाइ राख्दै उक्त प्रयासमा अन्तर्राष्ट्रिय समुदायले पु¥याएको सहयोग र देखाएको सदायशताको प्रशंसा गरे । प्रमुख आयुक्त थपलियाले विगतका निर्वाचनका अनुभवले आगामी निर्वाचनमा थप सुधार गर्नको निमित्त सहयोग पुग्ने बताए ।

आयोगका आयुक्त, उच्च अधिकारी सहभागी कार्यक्रममा काठमाडौंँस्थित २० भन्दा बढी कूटनीतिक निकायका प्रमुख तथा प्रतिनिधिका साथै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, गृह मन्त्रालय र परराष्ट्र मन्त्रालयका प्रतिनिधिकोसमेत सहभागिता रहेको थिए । कार्यक्रममा आयोगका उपसचिव एवं योजना, अनुगमन तथा वैदेशिकसम्बन्ध शाखाका प्रमुख कमल भट्टराइले निर्वाचनसम्बन्धी विविध जानकारीको प्रस्तुतिकरण गर्नुभएको थिए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार