कुश्मा-बलेवा यान्त्रिक पुल आजदेखि बन्द गरिने

उज्यालो प्रतिनिधि २६ कार्तिक २०७९, शनिबार समाचार

पर्वत । पर्वतको कुश्माबजार र बागलुङको बलेवा जोड्ने गरी निर्माण गरिएको केबुलकार मोडेलको यान्त्रिक पुल केही दिन बन्द हुने भएको छ ।

पुलको नियमित मर्मतका लागि आजदेखि झण्डै एक साताका लागि बन्द गरिने कम्पनीले जनाएको छ । पुलको दुवै भागमा रहेका लठ्ठा, डब्बा तथा अन्य मेसिनरी सामानको नियमित मर्मत तथा सफाइका लागि बन्द गरिने कुश्मा(बलेवा यान्त्रिक पुल लिमिटेडका सञ्चालक केदारनाथ शर्माले जानकारी दिए ।

पर्वतको सदरमुकाम कुश्माबाट बागलुङ नगरपालिका वडा नं १४ बलेवासम्म जोडिएको उक्त पुलबाट दैनिक पाँच सय सर्वसाधारण आवातजावत गर्दै आएका छन् । पुलका डब्बा तान्न प्रयोग हुने मसिना लठ्ठा एक(एक वर्षमा परिवर्तन गर्नुपर्ने भएकाले बन्द गर्नुपरेको शर्माले बताए । तर यसपटक लामो समयपछि मात्रै मर्मत गर्न थालिएको हो ।

यान्त्रिक पुल बन्द हुँदा दुवै क्षेत्रका सर्वसाधारण एक घण्टाको घुमाउरो बाटो यात्रा गरी बडागाउँ–कैया झोलुङ्गेपुल वा शुल्क तिरेर बन्जी पुलबाट आवातजावत गर्नुपर्ने बाध्यता सिर्जना भएको छ । यो पुल दक्षिणी बागलुङका एक दर्जन गाउँका बासिन्दाले प्रयोग गर्दै आएका छन् । पुल हेर्न आन्तरिक तथा बाह्य पर्यटकसमेत आउने गरेका छन् ।

२०६८ मा करिब रु चार करोडको लागतमा बनाइएको यो पुलबाट एक डब्बामा एकपटकमा आठ जना गरी दुईमा १६ जना मानिस आवातजावत गर्दै आएका छन् । पुलका कारण स्थानीयलाई यात्रामा सहजता हुनुका साथै सदरमुकाम कुश्माबजार र छिमेकी जिल्ला बागलुङको बलेवा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको चहलपहल बढ्दै गएको छ । पुल प्रयोग गर्नका लागि स्थानीयवासी र अन्य यात्रुका लागि छुट्टाछुट्टै शुल्क निर्धारण गरिएको छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार