डेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेन

उज्यालो प्रतिनिधि २५ कार्तिक २०७९, शुक्रबार मुख्य नेटवर्क

काठमाडौं । मुलुककै जेठो त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले परीक्षा सञ्चालन गरेको एकरडेढ वर्ष बितिसक्दा पनि नतिजा प्रकाशन गर्न सकेको छैन । त्रिविले अनेक बहानामा विभिन्न संकाय तथा विषयको नतिजा प्रकाशन ढिला गर्दा विद्यार्थी भने मारमा परेका छन् ।

जसका कारण मुलुककै जेठो र ठूलो विश्वविद्यालय प्रतिष्ठा गुमाउँदै छ । नेतृत्वदायी तहमा रहेका पदाधिकारी–कर्मचारीको ढिलासुस्ती तथा बेथितिका कारण त्रिविमा महिनौं दिनसम्म तालाबन्दीसमेत हुने गरेको छ । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन क्रान्तिकारीले नतिजा सार्वजनिक गर्न माग गर्दै त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रक पुष्पराज जोशीलाई ज्ञापनपत्र बुझाएको छ । ९ बुँदे ज्ञापनपत्रमा ‘स्नातक तह प्रथम वर्षको १६ महिनाअघि लिइएको परीक्षाको नतिजा सार्वजनिक नहुनुको कारणसहित सात दिनभित्र प्रकाशित गर्न’ माग गरिएको छ । त्यस्तै, स्नातक तेस्रो र स्नातकोत्तर प्रथम सेमेस्टरको परीक्षा प्रकाशन गर्नुपर्ने, बीए एलएलबीको नतिजा भएको तीन महिना बितिसकेको र ट्रान्सक्रिप्ट तत्काल उपलब्ध गराउनुपर्नेलगायत माग अघि सारिएका छन् । आजको राजधानी दैनिकमा समाचार छ ।

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार