इरानी सुरक्षाबलको कारबाहीमा बालबालिकासहित १० जनाको मृत्यु

उज्यालो प्रतिनिधि २३ कार्तिक २०७९, बुधबार विश्व

एजेन्सी । देशको दक्षिणपूर्वी भागमा भएको विरोध प्रदर्शनमा इरानी सुरक्षा बलले दमन गर्दा बालबालिकासहित १० जनाभन्दा बढीको ज्यान गएको आशंका गरिएको मानवअधिकारवादी संस्था एम्नेस्टी इन्टरनेसनलले जनाएको छ ।

शुक्रबार धेरै ट्विटर पोष्टहरूमा एम्नेस्टीले भनेको छ की सुरक्षा बलले सिस्तान र बलुचेस्तान प्रान्तको खाश शहरमा गभर्नरको कार्यालय र अन्य धेरै भवनहरूको छतबाट शान्तिपूर्ण प्रदर्शनकारीलाई प्रत्यक्ष गोलीबारी चलाएको थियो ।

छिमेकी पाकिस्तान र अफगानिस्तानसँग सीमा रहेको यो प्रान्त लामो समयदेखि उत्पीडित सुन्नी मुस्लिम बलुच जातीय अल्पसंख्यक सदस्यहरूको घर हो र त्यहाँ अशान्तिको लामो इतिहास छ ।

तेहरानमा नैतिकता प्रहरीको हिरासतमा मृत्यु भएकी २२ वर्षीया कुर्दिश महिला महसा अमिनीको मृत्युको विरोधमा देशव्यापी विरोध प्रदर्शनबीच शुक्रबार हिंसा भएको हो । प्रहरी प्रमुखद्वारा एक बलुच बालिकालाई बलात्कार गरेको आरोपपछि सिस्तान र बलुचेस्तान राज्यको राजधानी जाहेदानमा हालै ठूलो प्रदर्शन भएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार