कांग्रेसद्वारा ७४ नेता कार्यकर्तालाई कारबाही

उज्यालो प्रतिनिधि २२ कार्तिक २०७९, मंगलवार समाचार

काठमाडौँ । नेपाली कांग्रेसले पार्टीका केन्द्रीय सदस्य दिनेश कोइरालासहित ७४ नेता कार्यकर्तालाई कारबाही गरेको छ । कांग्रेसले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवार तथा पार्टीले समर्थन गरेका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएको भन्दै कारबाही गरेको हो ।

कारबाहीमा पर्नेमा पूर्वसांसद अमरेशकुमार सिंह, कांग्रेस पर्साका पूर्वसभापति अजयकुमार द्विवेदी, कांग्रेस बझाङका पूर्वसभापति हर्कजङ्गबहादुर सिंह, सिन्धुपाल्चोकका पूर्वक्षेत्रीय सभापति बद्री चौलागाइँ, पूर्वराज्यमन्त्री राजेन्द्रबहादुर शाह, कांग्रेसका पूर्वकेन्द्रीय सदस्य हेमराज तातेड, पूर्वसांसद महादेव गुरुङलगायत हुनुहुन्छ हुन ।

कांग्रेस केन्द्रीय अनुशासन समितिका संयोजक आनन्दप्रसाद ढुङ्गानाले पार्टीको विधान २०१७ (संशोधन सहित)को धारा ३४ को उपधारा ४ (क) बमोजिम पाँच वर्षका लागि पार्टीको सदस्यता नरहने गरी ती सबैलाई कारबाही गरिएको जानकारी दिनुभयो । कांग्रेसले बागी, प्रस्तावक एवं समर्थक र अन्य पार्टीमा गई उम्मेदवार भएकाको नामावली अभिलेखबाट हटाइने उनले बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार