गठबन्धनले बहुमत ल्याउँछ : गृहमन्त्री खाण

उज्यालो प्रतिनिधि २२ कार्तिक २०७९, मंगलवार मुख्य नेटवर्क

रुपन्देही । गृहमन्त्री बालकृष्ण खाणले निर्वाचनमा पाँच दलीय गठबन्धन अगाडि रहेको बताउनुभएको छ । गठबन्धनबाट पाएको सूचनाअनुसार हालसम्मको स्थितिमा पाँच दलीय गठबन्धन एक सय ३० ठाउँमा अग्रस्थानमा रहेको उहाँको दाबी छ ।

नेकपा (एकीकृत समाजवादी) रुपन्देही क्षेत्र नम्बर ३ निर्वाचन परिचालन कमिटीले आज भैरहवामा आयोजना गरेको अगुवा कार्यकर्ता भेलामा रुपन्देही–३ बाट प्रतिनिधिसभा उम्मेदवारसमेत रहनुभएका कांग्रेसका केन्द्रीय सदस्य खाणले गठबन्धनको अग्रता निर्वाचन हुने दिनसम्म अझै बढ्ने र अत्याधिक बहुमत प्राप्त हुने विश्वास व्यक्त गरे ।

माधव नेपाल प्रधानमन्त्री र आफू सिँचाइमन्त्री भएको बेला रुपन्देहीमा विकासका आयोजना अगाडि बढेको उल्लेख गर्दै उनले सहमति र सहकार्यका साथ गठबन्धनलाई अगाडि बढाएर मुलुुकलाई आगामी पाँच वर्षभित्र आर्थिकरुपमा पनि विकसित बनाइने उल्लेख गरे ।

अर्को प्रशंगमा उनले नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई शान्तिपूर्ण मतदानमा सहभागी गराउन उक्त समूह र सरकारबीच निरन्तर छलफल भइरहेको बताए । राजनीतिक मूलधारमा ल्याउन सरकार र उक्त समूहबीच द्विपक्षीय वार्ता भएको जानकारी दिँदै उनले नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्मासँग दुई दिनअघि भैरहवामा भएको वार्तामा कारागारमा रहेका बन्दीलाई प्रक्रिया मिलाएर छाड्ने, मुद्दा फिर्ता लिनेलगायतका विषयमा छलफल भएको बताए ।

गृहमन्त्री खाणले नेकपाका नेता कार्यकर्तासमेत निर्वाचनमा भाग लिन खोजे प्रशासनले धरपकड नगर्ने र अन्य नागरिकसरह मतदान गर्ने अवसर दिने प्रस्ताव गरेको उल्लेख गरे ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार