छ वर्षमा चार पटक मत माग्न आउँदा बनेन सात किमी सडक

उज्यालो प्रतिनिधि २२ कार्तिक २०७९, मंगलवार समाचार

काठमाडौं । छ वर्षको बीचमा चारपटक विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवार चन्द्रबहादुर खड्काका घरमा मत माग्न आइसकेका छन् । गोकर्णेश्वर नगरपालिका–३ मा बस्ने खड्का जस्ता हजारौँ मानिस दैनिक हिँड्ने जोरपाटी–सुन्दरीजल सात किमी सडक भने ठेक्का भएको नौ वर्ष पूरा हुँदा पनि निर्माण सम्पन्न हुनसकेको छैन ।

पटक–पटक मत माग्न आउने उम्मेदवारले भने सडक, खानेपानी, ढलको समस्या समाधान गरिदिने वाचा गर्छन् । विजयी भएर जानेले वाचा बिर्सँदा दैनिक हजारौँ मानिसले प्रयोग गर्ने सडक हिउँदमा धुलो र वर्षामा हिलोले यात्रा असहज हुनेगर्छ । एक दशकअघिदेखि जोरपाटी–सुन्दरीजल सडकको निर्माण सम्पन्न हुनसकेको छैन । यो सडकमा हिँड्नेलाई लाग्छ यो राजधानी सहर होइन । कुनै दुर्गम जिल्ला हो । काठमाडौँ उपत्यका सडक विस्तार आयोजनाले विसं २०७२ मा सडक निर्माणका लागि ठेक्का गरेको थियो । जोरपाटी चोकमा गोकर्णेश्वर नगरपालिकाले सानो बजार चलाएर मासिक भाडा लिने ठाउँको सडकसमेत बन्न सकेको छैन ।

गत जेठमा कालोपत्र भएको केही सडक एक महिना नबित्दै भत्किएको छ । गोकर्णेश्वर महादेव मन्दिरअघि रत्न टेलर्स चलाएर बसेका रत्नबहादुर सूचीकार सडक बनाएको केही दिनमै भत्कँदा पनि जनप्रतिनिधिले निर्माण व्यवसायीलाई फेरि बनाउन नलगाएकामा दुःखी छन् । ऐतिहासिक, पुरातात्विक, सांस्कृतिक एवं धार्मिक महत्व बोकेको गोकर्णेश्वर महादेव मन्दिरअघिको सडक केही दिनमै भत्किँदा यहाँ आउने धार्मिक पर्यटकमा नकारात्मक सन्देश प्रवाह भएको उनले सुनाए ।​

विसं २०७२ को संविधानपछि राज्य पुनःसंरचना भई तीन तहको सरकार बनेको छ । यहाँका नागरिकले भने सरकार भएको अनुभूति गर्न नसकेको खड्काको गुनासो छ । उनले भने,“विगत १५ वर्षदेखि यही निर्वाचन क्षेत्रमा मतदान गरिरहेको छु, यहाँका जनप्रतिनिधिले जुन जोगी आएपनि कानै चिरेका भन्ने नेपाली उखानलाई चरितार्थ गरेको मेरो अनुभव छ, राजनीतिमा युवा पुस्ताले ठाउँ पाएनन् ।” काठमाडौँ निर्वाचन क्षेत्र नं ३ मा पर्ने यहाँका मूल सडकको यो अवस्था छ भने भित्री सडकमा त हिँड्ने नसक्ने अवस्था छ । यही सडकबाट पर्यटकीयस्थल सुन्दरीजल र चिसापानी पुगिन्छ । विसं २०४६ पछि व्यवस्था फेरिए पनि काठ क्षेत्र धेरै पर्ने यहाँको अवस्था फेरिन सकेको छैन । काठमाडौँ उपत्यकामा वाग्मती स्रोतबाट सबैभन्दा बढी पानी निर्यात गर्दै आएको यो क्षेत्रका स्थानीयवासी भने काकाकूल बन्दै आएका छन् । खानेपानीका सम्बन्धमा यो क्षेत्र बत्तीमुनिको अँध्यारो जस्तो भएको छ ।

सुन्दरीजलमा पानीको दह बनाएर वर्षायाममा दैनिक रु १३ करोड र सुक्खायाममा दैनिक नौ करोड पानी काठमाडौँ उपत्यकामा पठाउने यो क्षेत्रका मानिस नै धारामा पानी नआउने गरेको गुनासो गर्छन् । गोकर्णेश्वर नगरपालिका–९ आरुबारीकी रीता तामाङले चुनावमा मत माग्न आउँदा उम्मेदवारले खानेपानीको व्यवस्था गर्ने प्रतिबद्धता जनाउने गरेपनि विजयी भएपछि कार्यान्वयन नभएको बताइन् । सिन्धुपाल्चोकको मेलम्ची खोलाबाट २७।५ किमी सुरुङ मार्ग भएर ल्याउने पानी पनि यही क्षेत्रमा प्रशोधन हुन्छ । मेलम्चीको पानी पनि यो क्षेत्रका अधिकांशको धारामा वितरण नहुँदा यस क्षेत्रका मानिस पानी खोज्दै परम्परागत कुँवा, पोखरी, सार्वजनिक धारा एवं बागतीलगायत नदीमा जान समय खर्च गर्न बाध्य छन् । यस्ता परम्परागत पानीका स्रोतमा पानी लिन आउनेको लाम लाग्ने गरेकाले पानीका लागि घण्टौँ कुर्नुपर्ने बाध्यता राजधानीमै पनि रहेको छ ।

निकुञ्जभित्रका चिलाउने, ओखरेनी, मूलखर्क बस्तीको समस्या

यो क्षेत्रमा शिवपुरी नागार्जुन राष्ट्रिय निकुञ्भित्र रहेको बस्तीवासीले दशकौँदेखि विभिन्न समस्या भोग्दै आएका छन् । गोकर्णेश्वर नगरपालिका–१ मा पर्ने चिलाउने, ओखरेनी, मूलखर्क बस्तीका आदिवासी जनजाति तामाङ समुदायले खेतबारीमा लगाएको उब्जनी जङ्गली जनावरका कारण भित्र्याउन पाउँदैनन् । निकुञ्जभित्रको बस्ती भएकाले पूर्वाधार लैजान अझै कठिनाइ भएको छ । यो बस्तीमा मत माग्न जाँदा विभिन्न राजनीतिक दल र स्वतन्त्र उम्मेदवारले बस्ती सार्ने, बस्ती सार्न नसके पूर्वाधार लैजाने वाचा गर्न थालेको दशकौँ हुँदा पनि पूरा नभएको स्थानीय मङ्गली तामाङको गुनासो छ ।

यो क्षेत्रमा काठमाडौँ महानगरपालिका–६ बौद्ध, गोकर्णेश्वर नगरपालिका र कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३ पर्छन् । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि यहाँ स्वतन्त्रसहित राजनीतिक दलका उम्मेदवार मत माग्न हिँडिरहेका छन् । प्रतिनिधिसभा सदस्यका लागि विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी २३ जनाले उम्मेदवारी दिएका छन् ।

को(को छन् राजनीतिक दल र स्वतन्त्रका उम्मेदवार

प्रतिनिधिसभाका लागि नेपाली कांग्रेसबाट सन्तोष चालिसे, नेपाल कम्युनिष्ट पार्टी ९एमाले० बाट कृष्णबहादुर राई, नेपाल कम्युनिष्ट पाटी ९माओवादी केन्द्र० बाट बद्रीप्रसाद बजगाइँ, राष्ट्रिय प्रजातन्त्र पार्टी ९राप्रपा० बाट गणेश गिरी, जनता समाजवादी पार्टी ९जसपा० बाट मोहनकुमार विश्वकर्मा, नेपाल मजदूर किसान पार्टीबाट विशोक डङ्गोल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपानेले उम्मेदवारी दर्ता गरी प्रचारप्रसारमा लागेका छन् । यसैगरी मङ्गोल नेशलन अर्गनाइजेशनबाट कृष्णकाजी श्रेष्ठ, जनमत पार्टीबाट गोविन्द नेपाल, राष्ट्रियस्वतन्त्र पार्टीबाट दुर्गाविक्रम थापा क्षत्री, हाम्रो नेपाली पार्टीबाट द्वारिका अधिकारी, सङ्घीय लोकतान्त्रिक राष्ट्रिय मञ्च ९थरुहट० बाट नुर्पु गेल्जेन शेर्पा, आमूलपरिवर्तन मसिहा पार्टी नेपालबाट नेत्रबहादुर तामाङ, लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट मोहनबहादुर बस्नेत र सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षकुमार राईले उम्मेदवारी दर्ता गरी मत माग्दै जनताको घर आँगन डुल्ने गरेका छन् । यो क्षेत्रमा आठ जनाले स्वतन्त्त उम्मेदवारी दर्ता गराएका छन् ।

छ महिनाअघिसम्म नेपाली कांग्रेसमा क्रियाशील पार्टीको गोकर्णेश्वर नगर समिति सभापति भएर काम गरिसकेका श्रीकृष्ण ज्योतिले स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । यसैगरी कविता विष्ट सुनार, केदारनाथ मिश्र, जगन्नाथ देवकोटा, दीनेश खनाल, नीरञ्जन पुडासैनी, राजेश विष्ट र विन्दु मगरले पनि स्वतन्त्र उम्मेदवारी दर्ता गरी प्रतिनिधिसभा सदस्य पदमा दाबी गरेका छन् । एमालेका राई यसअघि २०७४ सालको संसदीय निर्वाचनमा निर्वाचित भएका थिए । कांग्रेसका चालिसे भने २०७४ सालको स्थानीय तह निर्वाचनमा गोकर्णेश्वर नगरपालिकाको नगरप्रमुख पदमा निर्वाचित भएका थिए । यसपटकको निर्वाचनमा यी दुई नेताबीच प्रतिस्पर्धा हुने देखिन्छ ।

गत वैशाखमा वडाध्यक्षले पाएको मतका आधारमा यो क्षेत्रमा कांग्रेस अघि छ । अन्य क्षेत्रमा गठबन्धन भए पनि काठमाडौँ ३ मा भने सबै दल एक्लाएक्लै प्रतिस्पर्धामा रहेका छन् । यहाँ सत्ता र प्रतिपक्ष दुवैले गठबन्धन गरेका छैनन् । यो क्षेत्रमा ८९ हजार आठ सय ८९ मतदाता रहेको मुख्य निर्वाचन अधिकृत मन्दिरा शाहीले बताइन् । क्षेत्र अन्तर्गत प्रदेश क्षेत्र १ मा महानगरपालिका–६, गोकर्णेश्वर नगरपालिका–५ र ९ का २३ हजार ७५ मतदाता छन् । यो प्रदेश क्षेत्रमा नौ जना चुनावी प्रतिस्पर्धामा छन् । कागेश्वरी मनोहरा नगरपालिका–१, २ र ३, गोकर्णेश्वर नगरपालिकाका–१, २, ३, ४, ६, ७ र ८ भने प्रदेश क्षेत्र २ मा पर्छ । यो प्रदेशसभा क्षेत्रमा विभिन्न राजनीतिक दल र स्वतन्त्र गरी १२ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार