थप १६ जनामा कोरोना संक्रमण पुष्टि

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७९, शनिबार कोरोना [Covid-19] विशेष

काठमाडौं । आज थप १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एक हजार दुई सय ७६ नमूना परीक्षण गर्दा सो सङ्ख्या स¬ङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । शनिबार १७ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । सक्रिय सङ्क्रमितको सङ्ख्या पाँच सय ६२ छ ।

 

 

नेपालमा हालसम्म १० लाख सात सय आठ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कोरोनाबाट १२ हजार १९ जनाले ज्यान गुमाएका छन् । खोप अभियान शुरु भएदेखि हालसम्म दुई करोड ३२ लाख आठ हजार चार सय ८३ जनाले एक मात्रा, दुई करोड २३ लाख २४ हजार नौ सय ३३ जनाले पूर्ण मात्रा र ७९ लाख ७२ हजार सात सय ९१ जनाले अतिरिक्त मात्रा खोप लगाएका छन् ।

 

पछिल्लो २४ घन्टामा खोप लगाएको विवरण प्राप्त नभएको मन्त्रालयले जनाएको छ । हालसम्म डेङ्गुबाट ५४ जनाको मृत्यु भएको छ । गत साउनदेखि हालसम्म ४६ हजार सात सय ६८ सम्भावित डेङ्गु रोगी देखिएको मन्त्रालयले जनाएइको छ । ७७ जिल्लामा डेङ्गु फैलिएको छ ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार