जनप्रतिनिधिले गलत काम गरे छानविन समिति गठन गर्नुपर्छ : नेता पौडेल

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७९, शनिबार समाचार

काठमाडौँ । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले जनप्रतिनिधिले गलत काम गरे नागरिक अगुवा सम्मिलित छानबिन समिति गठन गर्नुपर्ने बताएका छन् । काठमाडौँ निर्वाचन क्षेत्र नं ५ विशालनगरमा बुद्धिजीवी तथा पेशागत समूहले आज आयोजना गरेको ‘वृहत् अन्तरक्रिया तथा साक्षात्कार’ कार्यक्रममा उनले यस्तो बताएका हुन् ।

नेता पौडेलले पाँच वर्षका लागि निर्वाचित सांसद गलत काममा मुछियो भने फिर्ता बोलाउन पाउने व्यवस्था हुनुपर्ने बताए । उनले निर्वाचन जितेको एक वर्षभित्र जनताको समस्या समाधान गर्ने प्रतिबद्धता समेत व्यक्त गरे । एक वर्षभित्र बाटोघाटो, खानेपानी, स्वास्थ्यलगायतका समस्या समाधान गर्ने उनको भनाइ छ ।

उनले काठमाडौँ निर्वाचन क्षेत्र नं ५ का जनताको समस्या थाहा पाउन ‘सांसद एप’ निर्माण गर्ने बताए । “सांसद एपमार्फत् समस्या छिटो थाहा हुने भएकाले तत्काल समाधान गर्न सकिन्छ”, उनले भने । पौडेलले सांसद विकास कोषको पैसालाई कहाँ लगानी गर्ने भन्नेबारे नागरिक अगुवा समिति निर्माण गर्ने उनको भनाइ छ ।

 

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार