झापामा क्यान्सर विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन सुरु

उज्यालो प्रतिनिधि १९ कार्तिक २०७९, शनिबार समाचार

झापा । झापाको मेचीनगरमा क्यान्सर रोग विशेषज्ञको अन्तर्राष्ट्रिय सम्मेलन ‘पूर्वाञ्चल क्यान्सर कंग्रेस २०२२’ आज सुरु भएको छ । विर्तामोडको पूर्वाञ्चल क्यान्सर अस्पताल र नेपाल क्यान्सर फाउन्डेसनले संयुक्तरुपमा आयोजना गरेको सो अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाल, भारत र बङ्गलादेशका दुई सय विशेषज्ञ चिकित्सकको सहभागिता छ ।

सो सम्मेलन कात्तिक २० गतेसम्म सञ्चालन हुने पूर्वाञ्चल क्यान्सर अस्पतालका ‘मेडिकल डाइरेक्टर’ एवं सम्मेलनका कार्यक्रम निर्देशक डा.वीरेन्द्र यादवले जानकारी दिए । विश्वभरि फैलिइरहेको क्यान्सर रोगको अवस्था, यसको निदानका लागि भइरहेका वैज्ञानिक खोज अनुसन्धान र उपचार प्रविधिका बारेमा चिकित्सकीय अनुभव सम्मेलनका सहभागीबीच आदानप्रदान हुने उनले बताए ।

सम्मेलनमा विज्ञका २० वटा वैज्ञानिक कार्यपत्र र १० वटा पोस्टर कार्यपत्र प्रस्तुत हुने भएको छ । यस्ता सम्मेलन ठूला देश र सहरमा मात्र आयोजना हुने गरेकामा झापामा आयोजना हुनु गौरवको विषय भएको आयोजक पूर्वाञ्चल क्यान्सर अस्पतालका निर्देशक डा.निराजन प्रसाईंले बताए ।

सम्मेलनमा भएका छलफल र अनुभवको विनिमयले क्यान्सरको उपचारमा नयाँ प्रविधिको प्रयोग बढ्ने र यसबाट पूर्वाञ्चल क्यान्सर अस्पतालको सेवाको गुणस्तर विश्वस्तरीय बन्ने भारतको दिल्लीस्थित सर्वोदय क्यान्सर अस्पतालका क्यान्सर रोग विशेषज्ञ डा।दिनेश पेन्दावरले सम्बोधनका क्रममा बताए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार