लालध्वज र तीर्थलाई खानीखोलामा भव्य स्वागत, बोलेको कुरा पूरा गर्ने संयुक्त प्रतिबद्धता

उज्यालो प्रतिनिधि १८ कार्तिक २०७९, शुक्रबार मुख्य नेटवर्क

काभ्रे । वाम लोकतान्त्रिक गठबन्धनका उम्मेदवारहरुलाई काभ्रेको डाँडापारि क्षेत्रमा पर्ने खानीखोला गाउँपालिकाका जनताले भव्य स्वागत गरेका छन् ।

चुनावी घरदैलो एवम् कोणसभालाई सम्बोधन गर्नका लागि शुक्रबार खानीखोला गाउँपालिका आइपुगेका काभ्रे क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार सुर्यमान दोङ (लालध्वज), प्रतिनिधिसभा १ अन्तर्गत प्रदेशसभा ख का प्रदेशसभा सदस्य उम्मेदवार तीर्थ लामा, माओवादी केन्द्रकी बागमती प्रदेशका समानुपातिक उम्मेदवार मनिता लामालाई स्थानीयले भव्य स्वागत गरेका हुन् ।

खानीखोला गाउँपालिका वडा नं. १ को दाहालडाँडा, वडा नं. २ को सर्चीडाँडा, वडा नं. ३ को जुरे र वडा नं. ०४ को जगथलीमा मतदाताहरुले उम्मेदवारहरुलाई भव्य स्वागत गरेका हुन् ।

प्रत्यक्षतर्फका उम्मेदवारद्धय लालध्वज र तीर्थले स्वागत गर्न आइपुगेका मतदातालाई संक्षिप्त सम्बोधन गरेका थिए । वडा नं. ३ को जुरे र वडा नं. ४ को जगथलीमा उम्मेदवारद्धयले कोणसभामा सम्बोधन गरेका थिए ।

सम्बोधनको क्रममा उम्मेदवारद्धय लालध्वज र तीर्थले आफूहरुले बोलेको कुरा पूरा गर्ने प्रतिबद्धता व्यक्त गरे । ‘आजको आजै हाम्रो टिमले बोलेको कुरा पूरा गर्न नसक्ला, केही समय ढिला हुन सक्ला तर हामीले बोलेको कुरा पूरा गर्ने विश्वास दिलाउन चाहन्छु’ वडा नं. ४ को जगथलीमा आयोजित कोणसभामा लालध्वजले भने ।

वडा नं. ३ को जुरेमा आयोजित कोणसभामा बोल्दै प्रदेशसभा सदस्य उम्मेदवार तीर्थ लामाले आफूहरुले जनतालाई झुटो आश्वसन नबाँड्ने बताए । ‘हामी जनतालाई झुटो आश्वसन बाँड्दैनौँ, हामी जे बोल्छौँ त्यो पूरा गर्छौ’ उनले भने ।

उम्मेदवारद्धयले विकास निर्माणको काममा आफूहरुले डाँडापारिलाई पहिलो प्राथमिकतामा राख्ने विश्वास समेत व्यक्त गरे । जिल्लाका १३ स्थानीय तहमध्ये पहिलो प्राथमिकतामा राखेर खानीखोलाको विकास गर्ने उनीहरुको प्रतिज्ञा थियो ।

कम्तिमा एउटा सडकलाई जसैगरी स्थायी रुपमा चल्नेगरी निर्माण गर्ने उम्मेदवारद्धयको प्रतिज्ञा थियो ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार