आगामी निर्वाचन अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला : अध्यक्ष प्रचण्ड

उज्यालो प्रतिनिधि १८ कार्तिक २०७९, शुक्रबार मुख्य नेटवर्क

काठमाडौँ । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवं गोरखा क्षेत्र नं २ मा प्रतिनिधिसभाका उम्मेदवार पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी मङ्सिरमा हुने निर्वाचनले मुलुकमा अग्रगमन र प्रतिगमनबीचको लडाइँको फैसला गर्ने बताएका छन ।

गोरखा नगरपालिका–१४ स्थित याङ्कोटमा आज आयोजित वाम–लोकतान्त्रिक गठबन्धनको संयुक्त चुनावीसभालाई सम्बोधन गर्दै उनले निर्वाचनमार्फत् पश्चगामी शक्तिलाई पराजित गर्नुपर्ने बताए । “मुलुकलाई पछाडि फर्काउन चाहने शक्ति गठबन्धन गरेर निर्वाचनमा आएका छन्”, उनले भने, “त्यस्ता गठबन्धनलाई जनताले चिन्नुपर्छ ।”

आगामी निर्वाचनमा अग्रगमनको पक्षमा फैसला गर्न उनले अपिल गरे । “अहिलेको निर्वाचन अन्य निर्वाचन जस्तो सामान्य छैन”, उनले भने, “गणतन्त्र र संविधान स्वीकार गर्ने तथा गणतन्त्र र संविधान विरोधीको लडाइँ छिनोफानो गर्ने निर्वाचन हो ।” संविधान निर्माणपछि देश स्थायित्वमा जान्छ भन्ने ठानेर केही गणतन्त्र विरोधीलेले संविधानविरुद्ध गतिविधि गरेपछि वाम–लोकतान्त्रिक गठबन्धन बनेको अध्यक्ष दाहालको भनाइ थियो ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार