उपराष्ट्रपतिलाई निर्वाचन तयारीबारे आयोगको जानकारी

उज्यालो प्रतिनिधि १८ कार्तिक २०७९, शुक्रबार मुख्य नेटवर्क

काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन निष्पक्ष, भयरहित र स्वतन्त्ररुपमा सम्पन्न हुने विश्वास व्यक्त गरेका छन् । उनले आगामी निर्वाचनलाई हालसम्मकै कम विवादित तथा बढी निष्पक्ष र स्वतन्त्र बनाउने चुनौती निर्वाचन आयोगसँग भएको बताएका छन् ।

 

प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन तयारीबारे जानकारी गराउन आज अपरान्ह उपराष्ट्रपति भवन हरितगृह पुगेका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलिया र निर्वाचन आयोगका अन्य पदाधिकारीसँग कुरा गर्दै उपराष्ट्रपतिले निर्वाचनमा अधिकतम मतदाता सहभागी हुनसक्ने वातावरण बनाउनुपर्नेमा जोड दिए । उनले आयोगले गरिरहेको निर्वाचनको तयारी बारेमा खुसी व्यक्त गरे ।

“स्थानीय तहको निर्वाचन सम्पन्न गरेकामा म निर्वाचन आयोगलाई बधाई तथा धन्यवाद दिन चाहन्छु”, उनले भने, “प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको आयोगले जुन तयारी गरिरहेको छ, यसबाट म निकै खुसी भएको छु । निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न हुनेमा म विश्वस्त छु ।”

उपराष्ट्रपतिसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त थपलियाले निष्पक्ष, भयरहित र स्वतन्त्र वातावरणमा निर्वाचन सम्पन्न गराउने प्रतिबद्धतासहित आयोगले तयारीका कामलाई तीव्र बनाएको बताए ।

आयुक्त थपलियाले मतपत्र छपाइको काम सम्पन्न भएको जानकारी गराउनु हुँदै उपत्यका बाहिरका जिल्लामा ढुवानीसमेत भइसकेको जानकारी गराए । उनले मतदान सम्पन्न भएपछि आयोगले छिटोभन्दा छिटो मतगणना गरेर परिणाम घोषणा गर्ने बताए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार