बस्ती जोगाउ खांग्राखोलामा तटबन्ध गरिदैँ

शिवु खनाल १८ कार्तिक २०७९, शुक्रबार उज्यालो फोकस

देउखुरी । राजपुर गाउँपालिका वडा नम्बर ६ खांग्रानाका स्थित सिंगो गाउँ खांग्राखोलाको उच्च जोखिममा रहेको छ । बस्ती किनार भएर बहने खहरे खांग्रा खोलाले कटान तीव्र बनाउँदा खांग्रानाकाको बस्ती बाढीको उच्च जोखिममा रहेको हो । खोलामा आउने बाढीले कटान गर्ने क्रम बढ्दै गएपछि स्थानीय नाकाबासीहरु चिन्तित भएका छन् । विगत वर्षजस्तै यसवर्ष पनि खोलाले कटान गरेको छ । वर्षांैदेखि कटान गर्दै आएको खोला नियन्त्रणका लागि कुनै पनि प्रयास भएको छैन, स्थानीय रामबहादुर रोकाले भने,–। ‘गाउँ बस्तीसँग जोडिएको खोलामा वर्षाको समयमा एकदमै बाढी आउने गर्दछ, बाढीले कयौ परिवार विस्थापित भएको अवस्था छ । चुरे क्षेत्रबाट बहेर आउने खहरे खांग्रा खोलामा कुनै पनि बेला कटान हुने सम्भावना छ ।’ कटान हुँदा सय घर परिवार रहेको खांग्रनाकाका दर्जनौ भन्दा बढी घरपरिवार भने कटानको जोखिममा रहेको उनले बताए ।

No description available.

खांग्रानाका गाउँका स्थानीयले एकातर्फ खांग्राखोलाको कटान तथा डुबानको समस्या भोग्नु पर्छ भने अर्को तिर चुरे भएर आउने खहरे खोलाको कटान तथा बाढीको समस्या भोग्नु पर्ने बाध्यता छ । वर्षायाममा ठूलो पानी आएको समयमा राती सुत्न पनि मिल्दैन, खोलाको चौकिदारी गरेर रात काट्नु पर्छ, खल्ला क्षेत्रमा मात्रै दुईवटा ठूलाठूला खहरे खोला रहेका छन्, स्थानीय रिमा रोकाले भने,–। ‘खोला नियन्त्रणका लागि सरोकारवाला निकायले ध्यान नदिँदा स्थानीय बासिन्दाले सधैं बाढीको क्रासमा चिन्तित हुनुपरेको छ । स्थानीय बस्ती लामो तथा धेरै भए पनि खोला नियन्त्रण नहुँदा वर्षेनी बस्ती बगरमा परिणत हुने तथा विस्थापित हुने जोखिम रहेको समेत रहेको छ ।’ उक्त क्षेत्रमा सबैभन्दा ठूलो समस्या कटान तथा डुबानको रहेको छ । बस्तीका विभिन्न स्थानमा रहेका खहरे खोला तथा खांग्राखोलाले स्थानीयसँगै समग्र बस्तीलाई नै समस्या गरेको अर्का स्थानीय प्रेमबहादुर बुढाले बताए ।

बस्ती बसेको लामोसमय भइसकेको अवस्था छ, स्थानीय प्रेम बुढाले भने,–। खांग्रखोलामा आउने बाढीले गाउँका विद्यालय, सशस्त्र सीमा प्रहरी बल, स्वास्थ्य चौकी लगायत विभिन्न बस्तीहरु बाढीको उच्च जोखिममा छन् । विगत लामो समयदेखि खोला नियन्त्रणका लागि बस्तीबाट विभिन्न पहल कदमी भए पनि सरोकारवाला निकाय कसैले पनि ध्यान नदिएकोे गुनासो छ ।’ यसैगरी राजपुर गाउँपालिका वडा नम्बर ६ का वडाध्यक्ष श्यामबहादुर रोकाले खांग्राखोला नियन्त्रण गर्नका लागि विभिन्न प्रसास अघि बढाए पनि सफल हुन नसकेको बताए। सीमावर्ती क्षेत्रका बस्तीमा बस्ती पिच्छे खहरे खोला रहेका छन्, गाउँपालिकाले वडालाई दिने बजेटको आकार एकदमै सानो हुन्छ, बजेट चाहिएको ठाउँ धेरै हुन्छ, उनले भने,–। ‘वडाले गर्न चाहेर पनि गर्न सकिँदैन, बजेट अभावकै कारण स्थानीयका समस्या सामाधान गर्न एकदमै चुनौती छ ।’ ६ नम्बर वडा क्षेत्रमा मात्रै दजनौ खहरे खोला रहेका छन् । संरक्षण गरिएका खोला पनि बजेट अभावका कारण मर्मत गर्न नसकिने अवस्थामा रहेको वडाध्यक्ष रोकाले बताउनुभयो । खांग्राखोला किनार क्षेत्र गरेर झण्डै दश किलोमिटर बढी क्षेत्रमा तटबन्ध निर्माण गर्नुपर्ने अवस्था छ ।

No description available.
खांग्राका बस्तीलाई जोगाउन तटबन्धको प्रक्रिया अगि बढ्यो
खांग्राखोलाको कटान रोकथामका लागि खांग्राका बस्ती संरक्षण योजना सुरु भएको छ । राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवलले मार्फत खांग्राखोला किनारमा जोखिमपूर्ण क्षेत्रमा तटबन्ध निर्माण सुरु गर्न लागिएको राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल कार्यालय प्रमुख राजन रेग्मीले बताए । खांग्राका बस्ती खोलाको कटानको उच्च जोखिममा पर्छ । बस्ती संरक्षण योजना निर्माणका लागि सम्झौता गरि निर्माण गर्नेकार्य सुरु गरिने उनले बताए। बुधवार राष्ट्रपति चुरे तराई मधेस संरक्षण विकास समिति कार्यक्रम कार्यान्वयन इकाई बुटवल कार्यालय प्रमुख राजन रेग्मी, सव–इञ्जिनियर प्रकाश बस्नेत, समाजसेवी अगुवा भिमबहादुर वली, पत्रकार, स्थानीयलगायतको टोलीले उक्त क्षेत्रको स्थलगत निरिक्षण एवम् अवलोकन गर्नुभएको थियो । २०७१ साल असार २ गते राष्ट्रिय गौरवको आयोजनाको रूपमा समग्र चुरे क्षेत्रको नेपालको १२।७८ प्रतिशत चुरे क्षेत्रलाइ क्षेत्रलाई वातावरण संरक्षण ऐन अन्तगत संरक्षण क्षेत्र घोषणा गर्दै यसक्षेत्रको समग्र संरक्षण र संबर्दन गर्दै आइरहेको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार