मतदाता रिझाँउदै उमेदवार

शिवु खनाल १७ कार्तिक २०७९, बिहीबार समाचार

देउखुरी । नेकपा(माओवादी केन्द्र्र)का केन्द्रिय सदस्य इन्द्रजीत थारु लुम्बिनी प्रदेश सभा सदस्यका लागि उमेदवार बन्नु भएको छ । उनले सत्ता गठबन्धको तर्फबाट दाङ क्षेत्र नं. १ (१)को उमेदवार बन्नु भएको हो ।No description available. मंसिर ४ गते हुन गइरहेको प्रदेश सभा सदस्यका लागि उमेदवार थारु (नेकपा) एमालेका उमेदवार गंगाराम भट्टराईसंग प्रतिस्पर्धामा हुनुहुन्छ । मतदाता भेटघाटको चटारोमा उम्मेदवार भएपनि धान काट्ने र बाली भित्रयाउने समय भएकाले घरदैलोमा मतदाता भेटाउन मुस्किल छ । उमेदवार थारु मतदाता खोज्दै खेतबारी, मेलापात गर्ने ठाउँ र चिया चौतारोमै पुगिरहनुु भएको छ ।No description available. धानबाली बटुल्ने समय भएकाले पनि धेरैजसोलाई घरआँगनमा भेट्न कठिन छ । उम्मेदवार थारुले आफ्नो निर्वाचन क्षेत्रमा प्रायः मतदातासँग मत मागिसक्नुु भएको बताए । पार्टीका आन्तरिक बैठक र भेलासँगै मतदाता माझ चुनावी प्रतिबद्धता जनाउन र मत माग्न भ्याइनभ्याइ भएको उनले बताए ।No description available.

अनुराग खड्का पनि प्रदेश सभा सदस्यका उम्मेदवार हुनुुहुुन्छ । सत्ता गठबन्धको तर्फबाट नेता खड्का दाङ क्षेत्र नं. १ (२) प्रदेश सभा सदस्यका उम्मेदवार हुनुहुन्छ । चुनावी अभियानमा व्यस्त उनले केही दिनयता घरदैलोमा जुटिरहनुु भएको छ । बाली स्याहार्नुपर्ने बेला भएकाले सबै मतदातासँग सहजै भेट भइरहेको छैन । खड्कालाई पनि आफूले मतदाता जहाँ भेटिन्छन्, त्यही मौका छोपेर मत माग्ने गरेको बताए । घरदैलो गर्ने क्रममा मतदातामा आशाभन्दा निराशा बढी पाइने गरेको उनले सुनाए । उनका अनुसार मतदाताले विकासका आधारभूत पूर्वाधार पनि नहुँदा सास्ती भइरहेको गुनासो गर्ने गरेका छन् । बाटो, बिजुलीबत्ती र खानेपानीजस्ता आधारभूत सवालमा मतदाताको बढी चासो रहने गरेको खड्काको भनाइ छ । प्रतिनिधि सभाको एक र प्रदेश सभाका दुईवटा निर्वाचन क्षेत्र रहेको दाङ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका लागि सत्ता गठबन्धनको तर्फबाट मेटमणि चौधरी र (नेकपा) एमालेका शान्ता चौधरी चुनावी प्रतिस्पर्धामा हुनुुहुुन्छ ।No description available.

उमेदवार मेटमणि चौधरीले मतदाता भेट्ने र आफ्ना प्रतिबद्धता सुनाउने काम भइरहेको उनले बताए । उमेदवार चौधरी अगुवा नेता कार्यकर्तासँगै घरदैलोमा मत माग्न पुुगिरहनु भएको छ । उनले गठबन्धनप्रति मतदाताको बुझाइ सकारात्मक रहेको पनि उनको दाबी छ । दाङ क्षेत्रं .१ प्रतिनिधि सभा र प्रदेश सभाका गठबन्धनको उमेदवारहरु आफ्नो पक्षमा जनमत बटुल्ने कसरत गरिरहनुुभएको छ । उम्मेदवारले बारी र मेलापातमै पुगेर मतदातालाई चुनावी नाराले फकाउने गरेका छन् । जनमत आफ्नो पक्षमा पार्न चुनावी प्रचारलाई तीव्र पारेका उम्मेदवार अगुवा नेता र कार्यकर्ताको हुल बाँधेर घरदैलोदेखि मेलापात गर्ने ठाउँसम्मै पुग्ने गरेका हुन् । उम्मेदवारले अघिल्ला निर्वाचनको तुलनामा यसपालि प्रचारमा सामाजिक सञ्जालको प्रयोगसमेत व्यापक बनाएका छन् ।No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार