नगेन्द्र अग्रहरीको पक्षमा जनलहर बढदै

उज्यालो प्रतिनिधि १७ कार्तिक २०७९, बिहीबार समाचार

 

नवलपरासी । मंसिर ४ गते हुने प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्य पदका निर्वाचनको लागि उम्मेदवारहरुले आफ्नो घरदैलो अभियान तिब्र गतिमा बढाएका छन्।No description available.

नवलपरासी जिल्लाको निर्वाचन क्षेत्र नं ०२ को ख मा पनि लोसपा र राप्रपाको गठबन्धन तर्फ प्रदेशसभा सदस्य पदका उम्मेदवार नगेन्द्र अग्रहरीको पक्षमा जनलहर बढदै आएको छ ।

बिगत लामो समयदेखि देखि नेपाली राजनीति गर्दै आएको सफल उद्यमी तथा मधेश आन्दोलनको अगुवा लोकतान्त्रिक समाजवादी पार्टी नेपालका युवा नेता नगेन्द्र अग्रहरि आफ्नो निर्वाचन क्षेत्रमा घरदैलो कार्यक्रममा व्यस्त रहेका छन् ।

लोसपाबाट उम्मेदवारी दर्ता गराएका नेता नगेन्द्र अग्रहरी लोक प्रिय उम्मेदवार बन्दै गएका छन्। मतदाता माझ लोकप्रिय रहेका अग्रहरीलाई पाल्हीनन्दन गाउँपालिकामा घरदैलो कार्यक्रमका बेला स्थानीयले भव्य रुपमा स्वागत गरेका छन्।नेता अग्रहरीले जनताको समस्या मेरो समस्या भएकोले यस क्षेत्रको समस्या हल गर्ने तथा विद्यार्थी,युवा तथा अग्रजहरुको सुख दुःख र समस्यामा सहयोग गरेको कारण जनताले आफ्नो अमूल्य मत दिएर जिताउने विश्वास व्यक्त गरेका छन्।

एक स्थानीयका अनुसार विगतका नेता आश्वासन मात्र दिने भएकोले त्यस्ता नेतामा विश्वास न गरी हाल यूवा उम्मेदवार नगेन्द्र अग्रहरीलाई विजयी बनाउने बताएका छन्।

“यूवा देशका मेरुदण्ड भएकोले युवाको बेरोजगारी समस्या समाधान गर्न आफू पहल गर्ने बताएका छन्। एक युवकको अनुसार ूयूवालाई अलग्याएर देशले विकासको फड्को मार्न सक्दैन ।राजनीतिमा एउटै व्यक्तिको अनुहार बारम्बार देखिनु र त्यो अनुहारले आफ्नै क्षेत्रका होनाहार यूवाहरुलाई अलग्याउंदा विकृत राजनीतिको विकास भएको छ । त्यसैले समाजमा परिवर्तनका लागि यसपाली मतदाताले पनि जिम्मेवारीका साथ आफ्नो अमुल्य मत सही ठाउँमा प्रयोग गर्ने वताएका छन्। ” पुरानो अनुहारको अन्तिम विकल्प नगेन्द्र अग्रहरी रहेको बताएका छन्।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : जेन–जी पुस्ताको भावना अनुसार संविधान संशोधनको बाटोमा अघि बढौँ

आज संविधान दिवसको एघारौँ संस्करण । आजभन्दा १० वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

बुद्ध लोप्चन ३ आश्विन २०८२, शुक्रबार

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार