हाम्रो लक्ष्य सांसद बन्ने मात्रै होइन, समुन्नत र विकसित काभ्रे बनाउने हो : लालध्वज

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७९, मंगलवार मुख्य नेटवर्क

काभ्रे । नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य एवम् काभ्रे क्षेत्र नम्बर १ का वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार सुर्यमान दोङ (लालध्वज)ले आफूहरु केवल सांसद बन्नका लागि मात्रै भोट माग्न नआएको प्रष्ट पारेका छन् ।

चुनावी अभियानका विभिन्न कोणसभा एवं भेटघाटलाई सम्बोधन गर्ने क्रममा उम्मेदवार लालध्वजले आफूहरुको लक्ष्य केवल सांसद बन्ने मात्रै नरहेको प्रष्ट पारेका हुन् ।

धुलिखेल नगरपालिका वडा नं. ११ मा आयोजित वाम लोकतान्त्रिक गठबन्धनको घरदैलो तथा चुनाबी अभियानलाई सम्बोधन गर्ने क्रममा पनि लालध्वजले निर्वाचन जितेर सांसद बन्ने मात्रै नभई समुन्नत र विकसित काभ्रे निर्माण गर्ने आफूहरुको सपना रहेको बताए ।

उन आफ्नो निर्वाचन क्षेत्रको मुहार फेर्नको लागि प्रष्ट योजनासहित आफूहरु भोट माग्न आएको धारणा राखेका छन् ।

उनले भने ‘सांसद बन्ने मात्रै हाम्रो लक्ष्य होइन, म दुइपटक माननीय भए, देशको मुल कानुन संविधानु लेख्ने काममा भाग लिने अवसर पाए, म अन्तरिम व्यवस्थापिका र ०६४ सालमा गरी दुइपटक सांसद बने’ उनले भने ‘माननीय तीर्थ लामा पनि ०७० सालमा संविधानसभाको सदस्य हुनुभयो, सांसद त हामी दुवैजना भइसक्यौ, अब हाम्रो लक्ष्य सांसद बन्ने होइन, काभ्रेलाई विकसित र समुन्न बनाउने हो ।’

लालध्वले थपे, ‘हिजो संविधान लेख्नको लागि सांसद हुदा पनि मैलेले पर्याप्त विकास निर्माणको कामहरू थालनी गरेको थिए, तेमाल बृहत खानेपानी, सुनकोसी तेस्रो, कोखाजोर जलविद्युत, डाँडापारीमा विद्युतिकरण, सडकहरू कालोपत्रे देखि युवाहरूलाई रोजगारको अवसर सिर्जनाको लागि भोट माग्न आएको हु ।’

साथै उनले पटकपटक संविधानको हत्या गर्न खोज्ने प्रतिगमनका मतियार तथा जनताको बलिदानले ल्याएको यो गणतान्त्रिक व्यवस्था विरुद्ध उभिने व्यक्तिहरुको आगमनले देश थप दुर्घटनामा जाने खतरा भएकाले आफु चुनाबी मैदानमा लड्न आएको बताए ।

कार्यक्रममा नेपाली कांग्रेसका सभापति एवम् काभ्रे-१, प्रदेशसभा(ख) का उम्मेदवार तीर्थ लामाले एक थोपा रगत रहेसम्म जनताको काममा अहोरात्र खट्ने बताए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार