पञ्चाङ्ग निर्णायक विकास समितिका लागि ७ जनाको दरबन्दी स्वीकृत

उज्यालो प्रतिनिधि १५ कार्तिक २०७९, मंगलवार समाचार

काठमाडौँ । नेपाल सरकारले नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका लागि सातजनाको दरबन्दी स्वीकृत गरेको छ । अर्थ मन्त्रालयको स्वीकृतिमा मन्त्रिपरिषदले समितिका लागि सातजनाको दरबन्दी कायम गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषदले वि।सं २०७७ पुस २० गते समितिको गठन आदेश स्वीकृत गरेको थियो । गठन आदेश २०७८ साल साउन १८ गते नेपाल राजपत्रमा प्रकाशन भएपछि कार्यान्वयनमा आएका हो ।

गठन आदेश कार्यान्वयनका लागि समितिमा सातजनाको दरबन्दी स्वीकृत भएको कार्यकारी निर्देशक सूर्यप्रसाद ढुङ्गेलले जानकारी दिए । जसअनुसार कार्यालय प्रमुखका रुपमा कार्यकारी निर्देशकले काम गर्ने उल्लेख छ । कार्यकारी निर्देशकले समितिको सदस्यसचिवका रुपमा समेत काम गर्ने व्यवस्था गठन आदेशमा छ ।

समितिमा पञ्चाङ्ग अधिकृत एक, वरिष्ठ कम्प्युटर सहायक ९नायब सुब्बा० एक, प्रशासन सहायक ९खरिदार० एक, लेखापाल ९खरिदार० एक, कार्यालय सहयोगी र चालक एक÷एक गरी सातजनाको दरबन्दी कायम हुने भएको हो । गठन आदेशले तोकेका सबै काम गर्न यो जनशक्ति कम हुने भए पनि अहिलेलाई यही जनशक्तिले काम चलाउनुपर्ने भएको छ ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार