राष्ट्रिय स्वतन्त्र पार्टीको चुनावी घरदैलो तिब्रगतिमा

शिवु खनाल १४ कार्तिक २०७९, सोमबार समाचार

देउखुरी । यहि मङ्सिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभा सदस्य निर्वाचनलाई मध्यनजर गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले चुनावी प्रचारप्रसारलाई निकै तिब्रता दिएको छ । दाङ क्षेत्र नम्बर १ मा प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार देवराज पाठकले घरदैलो तथा मतदातासंग भेटघाट गर्ने, मत माग्ने र छलफल गर्ने जस्ता कार्य भैरहेको जानकारी दिनु भएको छ ।

प्रदेशको कुनै काम नभएको र प्रदेश सभा खारेज गर्नु पर्दछ भनेर धारणा राख्दै आएको यस राष्ट्रिय स्वतन्त्र पार्टीले प्रदेश सभामा भने कुनै पनि उम्मेदवार उठाएको छैन ।

दाङ( १ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार पाठकले १ नम्बर क्षेत्रका सबै जसो बस्ति बस्तीमा पुगेर आफ्ना एजेन्डाहरु प्रस्तुत गर्दै भ्रष्टाचार मुक्त देश बनाउनका लागि राष्ट्रिय स्वतन्त्र पार्टीको चुनाव चिन्ह घन्टीमा मतदान गरिदिन सबै मतदातासंग अपिल समेत गर्नु भएको छ ।

जनताको घरदैलोमा पुगेका उम्मेदवार पाठकले स्थानीय जनताको विचार बुझ्न र त्यहाँको समस्या कसरी समाधान गर्न सकिन्छ रु र ति समस्याको विकल्पको बाटो खोज्न त्यहाँ पुगेको प्रतिक्रिया दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार