राज्यको नजरमा नपरेको दुर्गम गाउँमा उमेदवार थारु पुगेपछि !

शिवु खनाल १४ कार्तिक २०७९, सोमबार समाचार

देउखुरी । दूरीका हिसाबले जिल्लाको सबैभन्दा टाढाको गाउँ भनेर चिनिने स्थान हो, चिमचिमे नाका जहाँ अहिलेसम्म राज्यको समेत नजर परेको देखिँदैन । गढवा गाउँपालिका वडा नम्बर २ स्थित रहेको चिमचिमे नाका छिमेकी राष्ट्र भारतसंग जोडिएको छ । उक्त गाउँमा एकदर्जन भन्दा बढि घरपरिवार छन् । No description available.लुम्बिनी प्रदेशको राजधानीदेखि झण्डै ५० देखि ६० किलोमिटर अर्थात् पैदल वन जंगलको बाटो हुदैँ चिमचिमे नाका पुग्न एकदिन लाग्छ । उक्त क्षेत्रका नाकाबासीहरुले अहिलेसम्म सरकारी सेवाको अनुभूतिसमेत पाएका छैनन् । तर, लुम्बिनी प्रदेश स्वास्थ्य जनसंख्या तथा परिवार कल्याण मन्त्री इन्द्रजीत थारुले मन्त्रीको सपथ गरेको अर्कोदिन उक्ता चिमचिमे नाकामा पुगेर जनताको गुनासा र त्यसक्षेत्रका बास्तविक समस्या बारे जानकारी लिनुभएको थियो । मन्त्री थारुको निर्वाचन क्षेत्र अन्तरगतको नाका हो, चिमचिमे नाका ।No description available.

 

त्यसको केहीदिन लगत्तै उक्त नाकामा मन्त्री थारुले विद्युत् पु¥याए । वर्षौदेखि अन्धकारमा रात काट्दै आएका स्थानीय नाकाबासीहरुले नाकामा विद्युत् पुगेपछि एक किसिमको रौनक नै छायो । गाउँका सबै स्थानीयको उपिस्थितीमा मन्त्री थारुले एक कार्यक्रमका बिच विधिवत् रुपमा गाउँमा बत्ती बालेर उद्घाटन गरे । मन्त्री थारुको ध्यान नाकाबासीहरुलाई स्वास्थ्य, शिक्षा, यातायात, खानेपानी, सञ्चार, लगायत आधारभूत सेवाको पहुँचमा राख्न दिगो योजना लिएर अगाडि बढेको बताए । मन्त्री थारुले मंसिर ४ गते हुन गइरहेको आसन्न निर्वाचनका लागि दाङ क्षेत्र नं। १ (१) लुम्बिनी प्रदेश सभा सदस्यका लागि उमेदवार दिनु भएको छ ।No description available.

उनले चुनाव प्रचारप्रसारको क्रममा देखिएका जनताको समस्या निर्वाचनपछि आफ्नो कार्यकाल भित्रै समाधान गरि जनतालाई आर्थिक समृद्धिसंग जोड्ने प्रतिवद्धता जनाउनुभयो । प्रहरी प्रशासनको पहुँचभन्दा टाढा रहेको यो क्षेत्रमा चोरी शिकारीसमेत बढ्दै गएको छ । गतिलो बाटा नहुँदा वर्षात्को समयमा सिमचिमे नाका पुग्न भारतीय भुमिको प्रयोग गर्नुपर्ने बाध्यता रहको छ । अवको निर्वाचन पश्चात् उक्त समस्या सदाको लागि अन्त्य गर्ने उमेदवार थारुको भनाइ छ । उनले भने,–। ‘पुल र बाटो नहुँदा आवतजावतमा समस्या छ । यस विषयमा मेरो गम्भिर ध्यानाकर्षण भएको छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार