समृद्धिको नारासहित गठबन्धनका उम्मेदवार मतदाताको घरमा

शिवु खनाल १३ कार्तिक २०७९, आईतवार समाचार

देउखुरी । प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनको माहोल क्रमशः निकै तात्न थालेको छ । यसपटक निर्वाचन आयोगको कडा आचारसंहिताका कारण अहिलेसम्म निर्वाचन क्षेत्रहरूमा आमसभा, कोणसभा, चुनावी -याली, माइकिङजस्ता कार्यक्रम गरिएका छैनन् । राजनीतिक दल तथा उम्मेदवार आफ्नो क्षेत्रका वडा र टोलमा चुनावी प्रचार कार्यालय, रणनीतिक बैठक, घोषणापत्र तयारीका साथै मतदाता घरदैलो कार्यक्रममा जुटेका छन् ।No description available.

 

दाङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य निर्वाचनमा पाँचदलीय गठबन्धन, नेकपा (एमाले) र स्वतन्त्र उम्मेदवारबीच प्रमुख प्रतिस्पर्धा हुने प्रारम्भिक आकलन गरिएको छ । मंसिर ४ गते हुन गइरहेको प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि सत्ता गठबन्धनको तर्फबाट मेटमणि चौधरी, (नेकपा) एमालेको शान्ता चौधरी उमेदवार बन्नु भएको छ । गठबन्धन र एमाले दुबैलाई राष्ट्रिय स्वतन्त्र पार्टीका उमेदवार देवराज पाठकले चुनौती दिनु भएको छ ।No description available.

सत्ता गठबन्धनका तर्फका दाङ क्षेत्र नं. १ का प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यका उम्मेदवारहरुले प्रतिबद्धता सहित मतदाताको घरदैलोमा व्यस्त रहँदै गर्दा सुन्दर देउखुरी, समृद्ध लुम्बिनी प्रदेश सहर नारा मतदाता माझ बाडिरहेका छन् । त्यती मात्रै नभइ सडक, कृषि, पर्यटन, शिक्षा र स्वास्थ्यको चुनावी नारा लिएर मतदाताको घरदैलामो पुगेका छन् ।

No description available.आसन्न प्रतिनिधि सभा र प्रदेश निर्वाचनका लागि सत्ता गठबन्धन, (नेकपा) एमाले, स्वतन्त्र र अन्य राजनीतिक दलका उम्मेदवारहरू गाउँगाउँमा चुनावी प्रचारप्रसारमा हिँडेका छन् । गठबन्धनका उम्मेदवार उम्मेदवारहरूले समूह बनाएर दाङ क्षेत्र नं. १ का विभिन्न टोलमा पुगेका छन् । नेता तथा कार्यकर्ताहरूसंगै आम मतदातामा निकै उत्साह देखिएका छन् । विगतमा भन्दा यसपटकको चुनावी चहल–पहलमा मतदातामा नयाँ उत्साह देखिएका हुन् ।No description available.

चुनावको समयमा मात्र नभइ नेताहरु जनताको समस्या र गुनासाहरु टिपोट गरेर समस्या समाधान गर्न जनताकै घरदैलोमा पुग्ने गरेपछि आम मतदाताहरुले खुसि व्यक्त गरेका हुन् । यता गठबन्धनका उमेदवाहरुले निर्वाचनपछि दुर्गम बस्तीमा विकासको लहर ल्याउने प्रतिवद्धता जनाएका छन् । दाङ क्षेत्र नं.१ प्रतिनिधि सभा सदस्यका उमेदवार मेटमणि चौधरीले निर्वाचन लगत्तै दुर्गम बस्तीका समस्या तत्कालै समाधान गर्ने बताए । यता दाङ क्षेत्र नं.१(१) लुम्बिनी प्रदेश सभा सदस्यका उमेदवार इन्द्रजीत थारुले चुनाव प्रचारप्रसारको क्रममा देखिएका जनताको समस्या निर्वाचनपछि आफ्नो कार्यकाल भित्र समाधान गरि जनतालाई आर्थिक समृद्धिसंग जोड्ने प्रतिवद्धता जनाए । त्यसैगरी दाङ क्षेत्र नं.१ ९२० लुम्बिनी प्रदेश सभा सदस्यका उमेदवार अनुराग खड्काले निर्वाचन क्षेत्र अन्तरगतका जनताको समस्या समाधान गर्न म आफै फिल्डामा खटिने प्रतिवद्धता जनाउनु भएको छ । उनले जनतालाई रोगजार दिने योजनालाई दिगो रुपमा अगाडि सार्ने बताए।

No description available.

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार