निर्वाचनमा एकताबद्ध भएर लाग्न सभापति देउवाको निर्देशन

उज्यालो प्रतिनिधि ९ कार्तिक २०७९, बुधबार समाचार

काठमाडौँ ।   नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भक्तपुरका कांग्रेसी कार्यकर्ताको गुनासो निर्वाचनपछि सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभएको छ । मध्यपुरथिमिमा आज आयोजित कार्यकर्ता भेटघाटमा सभापति देउवाले गठबन्धनको बाध्यताका कारण भक्तपुर क्षेत्र नं २ को प्रदेशसभा (२) अन्य दललाई दिनुपरेको बताउँदै त्यसको क्षतिपूर्ति निर्वाचनपछि सम्बोधन गर्ने बताए।

सभापति देउवा थिमिको शङ्खधर चोकमा राष्ट्रिय विभूति शङ्खधर साख्वाः प्रतिष्ठानले आयोजना गरेको माल्यापर्ण कार्यक्रमका लागि थिमि आउनुभएको थियो । सो कार्यक्रमपछि उहाँ कार्यकर्ता भेटघाटका लागि नजिकको पार्टी प्यालेस पुग्नुभएको थियो ।

सभापति देउवाले गठबन्धन सरकार भएकाले निर्वाचनमा पनि गठबन्धनलाई निरन्तरता दिएर जानुपरेको र त्यसैका कारण कांग्रेस एक्लैले जित्ने केही क्षेत्र गठबन्धनमा रहेका सहयात्री दललाई छाड्नुपरेको स्पष्ट पारे । उनले उपस्थित नेता, कार्यकर्तालाई गठबन्धनको बाध्यता बुझेर निर्वाचनमा एकताबद्ध भएर लाग्न र गठबन्धनका उम्मेदवारलाई जिताउन निर्देशनसमेत दिए ।

उनले गठबन्धनका तर्फबाट भक्तपुर क्षेत्र नं २ मा प्रतिनिधिसभा सदस्यका साझा उम्मेदवार नेपाली कांग्रेसका जिल्ला सभापतिसमेत रहनुभएका दुर्लभ थापालाई निर्वाचन जिताए निर्वाचनपछिको सरकारमा मन्त्री बनाउने आश्वासनसमेत दिए ।

कार्यक्रममा उम्मेदवार थापाले जिल्लाका कांग्रेसी कार्यकर्ता विशेषगरी मध्यपुरथिमि नगरक्षेत्रको गुनासो पार्टीको जिल्ला सभापतिको हैसियतले जसरी पनि सम्बोधनका लागि केन्द्रीय नेतृत्वलाई बनाउने प्रतिबद्धता व्यक्त गरे ।

भक्तपुर क्षेत्र नं २ का निर्वाचन परिचालन समितिका संयोजक गणेशमान चक्रधरले कांग्रेसको बलियो गढको रूपमा रहेको मध्यपुरथिमि नगर क्षेत्र समावेश भएको भक्तपुर–२(२) को प्रदेशसभा सदस्य गठबन्धनका दललाई दिए पनि समानुपातिकतर्फ समेत एक जनालाई मौका नदिनु अन्याय भएको गुनासो गर्नुभएको थियो

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार