आख्यानकार रमेश विकलको ९४ औँ जन्मजयन्ती मनाइयो

उज्यालो प्रतिनिधि ९ कार्तिक २०७९, बुधबार कला/साहित्य

काठमाडौँ । आख्यानकार रमेश विकलको ९४ औँ जन्मजयन्तीका अवसरमा आरुवारीचोकस्थित उनको सालिकमा माल्यार्पण गरिएको छ । विकल जयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव हेमनाथ पौडेल लगायतले सालिकमा माल्यार्पण गरेका हुन् ।

 

सो अवसरमा प्रतिष्ठानको कार्यालय परिसरमा रहेको विकलको सालिकमा पनि माल्यार्पण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसाल, ललितकला प्रतिष्ठानका कुलपति कर्माचार्य, प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव पौडेल, विकल प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, महासचिव विजय चालिसे, अरुणिमा विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेलगायतले विकलले नेपाली आख्यान, चित्रकला र समाजसेवा क्षेत्रमा पुरयाएको योगदानको चर्चा गरे ।

सो अवसरमा अभिनव साहित्य समाजले आयोजना गरेको स्थलगत कविता लेखन प्रतियोगिता र नव अरुणिमा विद्यालयले आयोजना गरेको स्थलगत चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो । सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म विसं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन भएको थियो । विसं २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उनी नेपाली आख्यान क्षेत्रमा प्रवेश गरेका थिए । साहित्यकार विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्राप्त गरेका थिए ।

साहित्यकार विकलले आफ्नो जीवनकालमै प्रतिष्ठानको स्थापना गरेका हुन् । छोरा विजय चालिसे र महेन्द्र चालिसेको प्रस्तावमा पाँच आना जग्गामा बनेको पुख्र्यौली घर प्रतिष्ठानका लागि दान दिइएको छ । विसं २०६५ पुस २ गते विकलको निधन भएको थियो ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार