देउखुरी । प्रतिनिधि सभा सदस्यका लागि दाङ क्षेत्र नं. १ मा प्रमुख प्रतिस्पर्धीका रूपमा सत्ता गठबन्धनका तर्फबाट नेकपा (एकीकृत समाजवादी केन्द्र) का पोटलिटब्यूरो सदस्य मेटमणि चौधरी र नेकपा (एमाले)का तर्फबाट शान्ता चौधरी रहनुभएको छ । देउखुरीको गढवा गाउँपालिका वडा नम्बर ७ मानपुर गाउँमा जन्मनुभएका मेटमणि चौधरीको दाङमा प्रत्येक्षबाट यो दोस्रो पटकको उम्मेदवारी हो भने दाङकै घोराही उपहानगरपालिका वडा नम्बर २ लक्षिनपुर निवासी शान्ता चौधरीेको प्रत्येक्षबाट पहिलो पटक निर्वाचनमा होमिनुभएको हो । तत्कालिन (नेकपा)एमालेबाट मेटमणि चौधरीले ०७४को निर्वाचनमा नेपाली कांग्रेसको सुशिला चौधरीलाई हराउदैँ विजयी हासिल प्राप्त गर्नुभएको थियो । मेटमणि चौधरीले आफूले विगतमा थालेका काम पूरागर्नका लागि र यस क्षेत्रको भौतिक, आर्थिक, सामाजिक र सांस्कृतिक विकासका लागि उम्मेदवारी दिएको बताए । उनले देखुरीको समग्र विकास र कला, संस्कृति र कृषिलाई पर्यटनसँग जोडेर यस क्षेत्रमा आर्थिक क्रान्ति ल्याउन सकिने योजना आफूसँग रहेको दाबी गरे ।
प्रतिनिधि सभा सदस्य मेटमणि चौधरीले राष्ट्रिय इसुको विषयमा संविधान, कानुनी व्यवस्था, समावेसी लोकतन्त्रसंग जोडिएको यसमा मेटमणि चौधरीले हिजो खेलेको भुमिका राम्रो थियो र फेरी पनि खेल्छ भन्ने जनताको बुझाइ रहेको छ, उनले भने,–। ‘त्यसकारणले गर्दा दाङ क्षेत्र नं। १ का मतदाताले मलाई मत दिन्छन् । दोस्रो कुरा मेटमणि अहिलेसम्म दाङ सहित देउखुरी क्षेत्रको विकासको लागि निर्भिकल्प नेता हो । त्यसैले यसलाई फेरी पनि चुनाव जिताउनुपर्छ र नेता बनाउनुपर्छ भन्ने जनताको बुझाइ रहेको छ र त्यो खालको मनोविज्ञान रहेको छ ।’ ‘जनताले पाँचवर्षको बिचमा धेरै कामहरु गरेको देखेका छन् । मलाई विश्वास पनि गरेका छन् । मबाट जनताहरुले धेरै अपेक्षा गर्नुभएको छ । त्यसकारण दाङ क्षेत्र नं। १ का मतदाताले गठबन्धका सम्पूर्ण उमेदवारहरुलाई अत्याधिक मत दिएर मंसिर ४ को निर्वाचनमा जिाउँछन् भन्नेमा म ढुक्क छु । हामी पाँचवटा राजनितिक दल एक ठाउँमा उभिएका छाँै । सबै दलहरु एक ठाउँमा हुदा जनता पनि एक ठाउँमा आएका छन् । त्यसैले म चुनाव जित्छु ।’
त्यस्तै (नेकपा) एमालेका उम्मेदवार शान्ता चौधरीले मुक्त कमरीबाट राजनितिक यात्रा सुरु गरेको बताए । २०६४ सालमा पहिलो पटक समुनिपातिक सांसद हुनु भएको शान्ता चौधरी दुइपटक सांसद हुनु भएको छ । पार्टी मुख्य एजेन्डा समाजवादको निर्माण गर्ने र खुसी नेपाली समृद्ध नेपाल बनाउने रहेकाले आफू पनि त्यसैमा केन्द्रित रहेर काम गर्ने बताए । आफू विगत १५ वर्षदेखि यस क्षेत्रको राजनीतिक सामाजिक कार्यमा संलग्न रहँदै आएकाले यस पटकको निर्वाचनमा आफूले विजयी हासिल गर्ने विश्वास उनको रहेको छ । शान्ता चौधरी समग्र देउखुरी विकास गर्नका लागि एउटा सक्षम, योग्य मान्छे हो त्यसैकारले मलाइ भोट हाल्नुपर्छ, उनले भने,–। ‘युवाहरुका लागि शिक्षा, स्वास्थ्य रोजगारीको सृजना गर्नका लागि र दाङ क्षेत्र नं.१ को विकास गर्नका लागि, सम्पूर्ण महिलाहरुलाई उद्यमशिल बनाउनका लागि र खासगरी भुमिहिन सुकुम्बासीहरुको ठूलो संख्यामा देउखुरी क्षेत्रमा बसोबास रहेको छ ।
म त्यही सामुदायिको प्रतिनिधि पनि हो । समग्र रुपमा देउखुरी क्षेत्रको दिर्घकालीन विकास गर्नका लागि मेरो उमेदवारी रहेको छ ।’ ‘जसले गर्दा उनिहरुको सधै सुखि रहुन् । मुख्यो मेरो चुनावी मुद्दा नै देउखुरी क्षेत्रमा तटबन्ध गर्ने हो । म एउटा विशाल, ठूलो र शक्तिशाली पार्टीको इमान्दार, अहिलेसम्मको कसैले औलो ठराउन नसकेको सक्षम र योग्य उमेदवार हु । अहिलेसम्मको काम गराइको अवस्था हेर्ने हो भने म अहिलेसम्म औलामा गन्न सकिने महिलामा पर्छु ।’ पार्टी र उमेदवार दुबै राम्रो भएको हुनाले यो नै मेरो चुनाव जित्ने मुख्य आधार हो । मेटमणि चौधरी अरुको भरमा बाच्नु भएको छ, मलाई अरुको भरमा बाच्नु परेको छैन ।’ उनीहरूबाहेक यसक्षेत्रमा दलबदल गरि राष्ट्रिय स्वतन्त्र पार्टीबाट देवराव पाठक, हाम्रो नेपाली पार्टीका गंगा चौधरी, नागरिक उन्मुक्ति पार्टीबाट सुरेन्द्र चौधरी, स्वतन्त्र उमेदवार चन्दैमणि न्यौपाने, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट लिलि बुढाथोकी लगायत १२ जनाको दाङ क्षेत्र नं. १ मा प्रतिनिधि सभा सदस्य पदका लागि उमेदवारी परेको छ । दाङ क्षेत्र नं। १ मा एक लाख ३३ हजार ७ सय ३३ मतदाता छन् ।
उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ ।