अर्ब/अर्ब हान्देकै हो भन्दै ‘७० करोडको दाग’ बोकेर गोकुल बाँस्कोटा मैदानमा !

अनिस तामाङ ८ कार्तिक २०७९, मंगलवार समाचार

काभ्रे । मंसिर ४ को निर्वाचन नजिकिँदै गर्दा दलका नेता/कार्यकर्ता तथा उम्मेदवारहरु भोट माग्न घरदैलो अभियानमा व्यस्त छन् ।

यही क्रममा काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर २ मा पुर्व सञ्चारमन्त्री एवम् नेकपा एमालेका पोलिटब्युरो सदस्य गोकुल बाँस्कोटाले घरदैलो अभियानलाई तिव्र बनाइरहेका छन् । मन्त्री बनेको पहिलो कार्यकालमै विवादमा परेका बाँस्कोटाले यसपटक निर्वाचन जित्छ या हार्छ, चासोको विषय बनेको छ ।

०७४ सालमा माओवादी समेतको गठबन्धनबाट उनले निर्वाचन जितेका थिए । अहिले उनीसँग त्यतिबेलाको गठबन्धनका माओवादी र आफ्नै पार्टीका सहयात्री पनि छैनन् । एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीमा उनका क्षेत्रका दुवैजना प्रदेश सांसद र मेयर नेतृत्व तहमा छन् ।
बाँस्कोटा अहिले निर्वाचन जित्नेमा ढुक्क छन् । ७० करोड कमिसन मागेको अडियो सार्वजनिक भएपछि मन्त्रीबाट नै राजीनामा दिनुपरोक उनले घरदैलो अभियानको हरेक कार्यक्रममा ७० करोड मात्रै नभई अर्ब÷अर्ब हान्देको भन्दै भाषण गरिरहेका छन् ।

‘अर्ब, अर्ब हान्देको हो, केको ७० करोड मात्रै’ बाँस्कोटाले भन्ने गरेका छन्, ‘मेरो निर्वाचन क्षेत्रको फलानो विकास निर्माणका लागि यति करोड, फलनो विकास निर्माणका लागि यति अर्ब हान्देकै हो ।’

उनको संकेत आफूले अर्बौ रुपियाँ विकास निर्माणका लागि बजेट ल्याएकोमा थियो । निर्वाचनका बेला विपक्षी दलका कार्यकर्ताले उनको ७० करोड घुस मागेको अडियो फेरि सार्वजनिक गरिरहेका छन् ।

के हो ७० करोड प्रकरण ?

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदपछि प्राप्त हुने कमिसनको मोलमोलाइ गर्दैको अडियो रेकर्डमा तत्कालीन सूचना तथा संचार प्रविधि मन्त्री गोकुल बाँस्कोटाले ’७० करोड’ बार्गेनिङ गरेको कुरा बाहिरिएपछि उनको निधारमा भ्रष्टचारको दाग बसेका थिए । त्यसपछि २०७६ फागुन ८ गते उनले पदबाट राजिनामा दिएका थिए ।

अडियोमा बाँस्कोटाले प्रष्टसँग ७० करोड बार्गेनिङ गरेको सुनिन्थ्यो । त्यतिबेला १५ महिना अगाडिका आफ्नै कार्यकक्षमा रेकर्ड भएको अडियो सार्वजनिक भएको थियो ।

अडियो रेकर्डमा बाँस्कोटाले कमिसन बापत ५४–५५ करोड मात्रै प्राप्त हुने भए लागतलाई एक अर्ब बढाउन आग्रह गरेका थिए । अडियोमा बाँस्कोटाले भनेका छन् ‘त्यसले बनाएको त ३५ अर्बको छ । अब यता २७ अर्ब निस्कयो भने २८ अर्बको बनाउनुस् । ’

मन्त्रालय अन्तर्गतकै सेक्युरिटी प्रिन्टिङ सेन्टरले अघि बढाएको प्रतिक्रिया विवादित बनेपछि संसदको सार्वजनिक लेखा समितिले अनुसन्धान गरिरहेका बेला अडियो रेकर्ड सार्वजनिक भएको थियो ।

शक्तिको आडमा उन्मुक्ति !

७० करोड प्रकरणमा अख्तियारमा प्रधानमन्त्री खड्गप्रसाद ओलीसहित तत्कालीन मन्त्री बाँस्कोटा, सचिव महेन्द्र गुरुङ, सेक्युरिटी प्रेस केन्द्रका कार्यकारी निर्देशक विकल पौडेल विरुद्ध उजुरी परेको थियो ।

अडियो टेप सार्वजनिक गर्ने सार्वजनिक गरेका सेक्युरिटी प्रिन्टिङ प्रेसका एजेन्ट विजय मिश्रसंग अख्तियारले अडियो सनाखत गर्ने र त्यसलाई कानुनी आधार दिने अवस्था हुँदाहुदै पनि शक्तिको आडमा बाँस्कोटालाई उक्त प्रकरणमा उन्मुक्ति दिएका थिए ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पुर्वमन्त्री गोकुल बाँस्कोटाको अडियो रेकर्ड सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई सात दिनभित्र हाजिर भई बयान नदिएमा कानुनी कारबाही गर्ने चेतावनी दिएका थिए । बाँस्कोटाले मिश्रलाई उल्टो गाली बेइज्जतीको मुद्दा हालेर कारबाही गर्ने धम्कि समेत दिइएका थिए ।

के भन्छन् मतदाता ?

काभ्रे प्रतिनिधिसभा–२ मा बाँस्कोटासँगै वाम लोकतान्त्रिक गठबन्धनका साझा उम्मेदवार शिव हुमागाइ प्रतिस्पर्धाका लागि मैदानमा आउँदा त्यहाँका मतदाताहरुले कतिपयले हुमागाईको समर्थन गरेको देखिन्छ भने भ्रष्टचार नै गरेको भए पनि आफ्न क्षेत्रमा पर्याप्त बजेट ल्याएकाले बाँस्कोटालाई मतदान गर्ने कुरा बताउँछन् ।

हामीले यस विषयमा उक्त क्षेत्रका स्थानीय मतदाता रामहरि सापकोटासँग कुरा गर्दा उनले सिंगो काभ्रेकै नाम बदनाम गर्ने बाँस्कोटालाई मत दिएर अरु नेताहरूलाई पनि भ्रष्टचार गर्न प्रेरित गर्ने काम गर्न नहुने धारणा राखे । उनले थप भने ‘भ्रष्टचार गर्दा जनताले दण्डित गर्दोरहेछ भन्ने कुरा अरु नेताहरूलाई पनि पाठ पढाउन बाँस्कोटाले हार्नु पर्छ ।

त्यसैगरी सोही क्षेत्रमा शिक्षण पेसा संलग्न बाबुराम लामाले भने अरु जे भए पनि बाँस्कोटाले आफ्नो क्षेत्रको विकासका लागि बजेट खन्याएको बताए ।

मण्डनदेउपुर नगरपालिकामा दूध व्यवसाय गर्ने सन्तलाल वाइबाले भने बाँस्कोटाले लाजै नमानि मिडियामा जो चोर उसैको ठुलो स्वर जसरी तर्क गरेको सुन्दा वाक्क लागेको बताए । उनले भने ‘पुष्टि भयो भएन अर्को कुरा हो, तेत्रो ठुलो काण्डमा मुछिएका व्यक्तिले दूधले नुहाएको चोखो जसरी चर्को बोलेको सुन्द आफैलाई लाज लागेको छ, त्यसैले यसपटकको निर्वाचनमा जनताले उनको मुख बन्द गर्नुपर्छ ।’

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार