चुनाव गठबन्धनले जित्छ : शिक्षामन्त्री पौडेल

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७९, सोमबार समाचार

बागलुङ  ।   शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले आसन्न सङ्घ र प्रदेशको चुनाव पाँच दलीय गठबन्धनले जित्ने दाबी गर्नुभएको छ । निसीखोला गाउँपालिका–४ को चुनावी सम्पर्क कार्यालय उद्घाटनमा उनले मङ्सिर ४ पछि सङ्घ र प्रदेशमा गठबन्धनको सरकार बन्ने बताए ।

तीनै तहमा बन्ने गठबन्धन सरकारले मुलुकको विद्यमान अर्थ प्रणाली सुधार्ने र विकास, निर्माणका नयाँ अभियान शुरु गर्ने मन्त्री पौडेलले उल्लेख गरे । उनले संविधानको प्रस्तावनामा उल्लेख भएअनुसार समाजवादको लक्ष्यमा अघि बढ्नुपर्ने धारणा राख्नुभयो ।

“उत्पीडित, श्रमजीवी वर्गको हित र उत्थानसँगै नागरिकलाई गाँस, बास, कपास, रोजगारीलगायतको ग्यारेन्टी राज्यले दिने समाजवादी प्रणाली अबको लक्ष्य हुनुपर्छ”, मन्त्री पौडेलले भने। बागलुङ–२ बाट उम्मेदवार बन्नुभएका मन्त्री पौडेलले संविधानको रक्षाका लागि गठबन्धन बनेको धारणा राख्नुभयो । उनले लामो सङ्घर्ष र बलिदानबाट प्राप्त भएको राजनीतिक प्रणाली गुम्ने खतरा पैदा भएपछि दलहरूबीच गठबन्धन बनेको स्पष्ट पारे।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार