श्वेत भैरव नाचका लागि नवदुर्गा मन्दिरमा राष्ट्रपतिद्वारा पूजा

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७९, सोमबार समाचार

पाटन । राष्ट्रपति विद्यादेवी भण्डारीले आज बिहान ललितपुरको गोदावरी नगरपालिकाको ठेचोस्थित नवदुर्गा मन्दिरमा श्वेत भैरवको पूजा गरेकी छन् । बाह्र वर्षमा एकपटक मञ्चन गराइने उक्त जात्राको अवसरमा आज बिहान ९ बजे त्यहाँ पुगी उनले पूजा गरेको वडाध्यक्ष जगत महर्जनले जानकारी गराए ।

 

परम्पराअनुसार राष्ट्रप्रमुखका हैसियतमा राष्ट्रपति भण्डारी पूजाका लागि यहाँ आएको नवदुर्गा गुठीका सदस्य प्रशान्त मालीले बताए । आज अपरान्ह यो नृत्य मञ्चन गरिने छ । श्वेत भैरवको नृत्य १२ वर्षमा एक पल्ट मात्र मञ्चन गरिन्छ । यो नृत्य कुनै स्थानीयवासीले पुनःहेर्न गुठीसँग अनुरोध गरेमा सबै सामग्री तयार पार्न लगाएर मञ्चन गराउन पनि सकिन्छ । श्वेत भैरवको नृत्य निःसन्तान दम्पतीले हेरेमा सन्तान प्राप्ति हुने धार्मिक विश्वास रहेको स्थानीयवासी चक्र महर्जनले बताए ।

साउन १० गते घण्टाकर्ण चतुर्दशी (गठेमङ्गल)देखि सुरु भएको जात्रामा दसैँको फूलपातीका दिन सुनाकोठीको वालकुमारी मन्दिर परिसरमा कुल्पी यज्ञ आयोजना गरिएको थियो । उक्त यज्ञका लागि दक्षिण ललितपुरको तीनपाने भञ्ज्याङको जङ्गलबाट स्वसी आगँसी(बाँझको दाउरा) ल्याइएको थियो । कोजाग्रत पूर्णिमाको भोलिपल्ट ठेचोस्थित दूरीखेलमा देशभोज आयोजना गरिएकोे थियो । जात्रा आगामी फागुन–चैत्रमा साइत हेरेर सम्पन्न गरिने गुठीले जनाएको छ । जात्राका लागि गोदावरी नगरपालिकाले रु ५० लाख उपलव्ध गराएको नवदुर्गा गुठीका सदस्य मालीले जानकारी दिए ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार