मतदातासँग लालध्वजको प्रतिबद्धता ‘तपाईहरुको पहुँचभन्दा कहिल्यै टाढा हुँदिन’

उज्यालो प्रतिनिधि ७ कार्तिक २०७९, सोमबार उज्यालो फोकस

काभ्रे । वाम लोकतान्त्रिक गठबन्धनका काभ्रे प्रतिनिधिसभा क्षेत्र नम्बर १ का साझा उम्मेदवार सुर्यमान दोङ लालध्वजले आफू जनताको पहुँचभन्दा टाढा नरहने बताएका छन् ।

पनौती वडा नं. ६ मा आयोजित चुनावी सभामा बोल्दै लालध्वजले आफू जनताको घर आँगनभन्दा टाढा नरहने बताएका हुन् । उनले आफूमाथि सडकमा भएको मान्छे भन्दै आरोप लागेको बताउँदै भने, ‘पहुँचको हिसाबले म सदैव सडकमा हुन्छु, तपाईहरुसँगै हुन्छु ।’

लालध्वजले विकास निर्माणको कामका लागि आफूले फुर्सद छैन भनेर कहिल्यै नभन्ने समेत प्रतिबद्धता व्यक्त गरे । उनले थपे, ‘जहिले पनि म तपाईहरुको पहुँचमा हुन्छु, तपाईहरुको घर आँगनमा हुन्छु । विकास निर्माणका कामका सन्दर्भमा कुनै पनि फाइलहरु कुनै पनि मन्त्रालय वा ठाउँमा पुर्याउनका लागि लालध्वजले समय छैन भनेर भन्ने छैन ।’

माओवादी केन्द्रका पोलिटब्युरो सदस्य समेत रहेका उनले जहिले संकट हुन्छ त्यतिबेला कांग्रेस र माओवादी सँगै भएको इतिहास रहेको समेत बताए ।

कार्यक्रममा नेपाली कांग्रेस काभ्रेका सभापति एवं प्रदेशसभा १(ख)का उम्मेदवार तीर्थ लामाले विकास निर्माणका कुनै पनि काममा बजेटको अभाव हुन नदिने बताए । उनले विकास निर्माणका सम्बन्धमा आफुहरुसँग अनुभव रहेको भन्दै अनुभव प्रयोग गरेर विकास निर्माणको काम अगाडि बढाउने बताएका हुन् ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार