काभ्रेको महाभारतबाट सुत्केरी महिलाको हेलिकप्टरमार्फत उद्धार

उज्यालो प्रतिनिधि ६ कार्तिक २०७९, आईतवार उज्यालो फोकस

महाभारत । काभ्रे जिल्लाको विकट महाभारत गाउँपालिका–८ की १९ वर्षीया प्रज्ञा केसीलाई सोही वडाको घर्तीछाप स्वास्थ्य चौकी बर्थिङ सेन्टरमा ल्याउने क्रममा सुत्केरी भई सालनाल नछुटिई अत्यधिक रक्तश्राव भएर सिकिस्त बिरामी परेकी एक महिलालाई नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौँ पठाइएको हो।

May be an image of 2 people

आज बिहान शिशु जन्माएकी महाभारत गाउँपालिका– ८ घर्तीछापकी १९ वर्षीया प्रजा के। सि।को उद्धार गरिएको हो । के।सि।लाई एम्बुलेन्सबाट अन्य सुविधासम्पन्न ठाउँमा लैजान समस्या भएपछि काठमाडौँबाट हेलिकप्टर मगाएर राष्ट्रपति महिला उत्थान कार्यक्रमअन्तर्गत उद्धार गरिएको हो ।

गर्भवतीका आफन्त र स्वास्थ्यचौकी घर्तिछापले गाउँपालिका र गाउँपालिकाले जिल्ला प्रशासन कार्यालयमा विरामीको उद्धारका लागि गरिएको अनुरोधमा एक आमा र बच्चाको ज्यान जोगाउन पहल गरिएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले जानकारी दिइन्।No description available.

 

उद्धार गरेर थप उपचारका लागि परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा पठाइएको महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा(संसार)ले जानकारी दिए ।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार