चुनावलाई राष्ट्र निर्माणको ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ : अध्यक्ष लिङ्देन

उज्यालो प्रतिनिधि ६ कार्तिक २०७९, आईतवार समाचार

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले मुलुकमा विकास र जनतालाई समृद्धिको बाटोमा लैजान मतदाताले जनउत्तरदायी नेतृत्व निर्वाचित गर्नुपर्ने बताएका छन।

पार्टीको २१ वडा एकाइद्वारा तिहार, नेपाल संवत् र छठपर्वका अवसरमा आयोजित शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले मुलुक निर्माणका लागि इमान र त्यागको राजनीतिको खाँचो औँल्याए । उनले भने“ निर्वाचनमा जनताले गर्ने विवकपूर्ण निर्णयले देश विकास जनताको आर्थिक रुपान्तरण सम्भव छ । चुनावलाई राष्ट्र निर्माणमा ऐतिहासिक अवसरका रूपमा लिनुपर्छ ।”

पार्टीका सहमहामन्त्री एवं काठमाडौँ निर्वाचन क्षेत्र नं ८ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार प्रकाश रिमालले नेपाली राजनीतिमा अहिले बलियो राष्ट्रवादी शक्तिको आवश्यकता रहेको बताउँदै आगामी मङ्सिर ४ गते हुने प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचनमा जनताले राष्ट्रवादी शक्तिलाई मतदान गर्ने विश्वास व्यक्त गरे ।

काठमाडौँ निर्वाचन क्षेत्र नं ९ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार तथा केन्द्रीय सदस्य देवेन्द्र प्रधानले विभिन्न पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै पार्टीले अवलम्बन गरेका नीति तथा कार्यक्रमका कारण अहिले देशभर जनताको पार्टीप्रति आकर्षण बढेको विचार व्यक्त गरे।

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

Facebook Comments Box

सम्पादकीय

सबै

कांग्रेसले हिड्न खोजेको ‘[अ]लोकतान्त्रिक बाटो’

संसद्को प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गरी छानबिन गर्नुपर्ने मागबाट पछि

बुद्ध लोप्चन १ बैशाख २०८१, शनिबार

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार