शर्तसहित खुल्यो प्याराग्लाइडिङ

उज्यालो प्रतिनिधि ६ कार्तिक २०७९, आईतवार समाचार

काठमाडौँ । नेपाल नागरिक उड्डयन प्राधिकरणले पाँच सर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न मातहतका कार्यालयलाई पत्राचार गरेको छ । नेपालको प्याराग्लाइडिङ सेवालाई सुरक्षित गर्न बनेको उच्चस्तरीय छानविन समितिले सेवा सुचारु गर्न सुझाव दिएपछि प्राधिकरणले परिपत्र गरेको हो।

 

प्राधिकरणले बुधवार प्याराग्लाइडिङलाई सुरक्षित कसरी गर्न सकिन्छ भनेर अध्ययन गर्न प्राधिकरणका उपमहानिर्देशक हंशराज पाण्डेको संयोजकत्वमा ७ सदस्यी छानविन समिति गठन गरेको थियो । समितिले शुक्रवार पाँच शर्त लागू गरेर प्याराग्लाइडिङ सेवा सुचारु गर्न सकिने सहितको प्रतिवेदन प्राधिकरणका महानिर्देशक प्रदीप अधिकारीलाई बुझाएको हो।

सोही प्रतिवेदनको आधारमा प्राधिकरणले सेवा सुचारु गर्न पाँच शर्त कार्यान्वयन गरेर उडान सुचारु गर्न मातहतका कार्यालयमा पत्राचार भएको प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले बताए । उनले भने, “शुक्रबार नै प्राधिकरणले तोकेको मापदण्ड कार्यान्वयनका लागि आठ विमानस्थल कार्यालयलाई परिपत्र गरेर उडान सुचारु गर्न भनेको छ।

प्राधिकरणले प्याराग्लाइडिङ सेवा सुचारु गर्न प्राधिकरणले व्यावसायिक रुपमा उडान गर्न उपलब्ध गराएको उडान क्षेत्रभित्र उडान गर्नुपर्ने, उडान भर्ने पाइलटले प्राधिकरणले तोकेको स्वास्थ्य परीक्षणमा योग्य ठहरिएका पाइलटले मात्र उडान भर्न पाउने, व्यावसायिक उडानमा समान पाइलटले प्राधिकरणको स्वीकृतिमा एकै किसिमको पोशाक लगाउनुपर्ने र उक्त पोशाकमा कम्पनी एवं पाइलटको नाम स्पष्ट देखिनुपर्ने भनेको छ । यो समाचारकारोबार दैनिकमा छ ।

 

उज्यालो नेटवर्कका अन्य समाचार पनि पढ्न सक्नुहुन्छ । 

 

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार