बाढीपीडितलाई घर उपलब्ध गराइयो

उज्यालो प्रतिनिधि ५ कार्तिक २०७९, शनिबार समाचार

देउखुरी । बाढीपीडितलाई बस्नको लागि जस्ताले छाएको घर उपलब्ध गराइएको छ । लमही नगरपालिका वडा नम्बर ८ विजुलीपुर निवासी सरस्वती वलिले सोहि ठाउँ निवासी बलबहादुर चौधरीको परिवारलाई खाली रहेको चारकोठे घर उपलब्ध गराइएको समाजसेवी यम्मेबहादुर बस्नेतले जानकारी दिए । असोज २१ गते राप्ती नदीमा आएको बाढीले लमही नगरपालिका अन्तरगत एकसय भन्दा बढि घर पूर्णरूपमा भत्किदा लाखौंको क्षति भएको छ । बाढीका कारण कच्ची घरहरु पूर्णरुपमा भत्किएका छन् । घर पूर्णरुपमा बस्न नमिल्ने गरी भत्काएको बाढीपीडित बलबहादुर चौधरीले बताए।

उनले छिमेकीको सहयोगमा नयाँ घरमा बस्न पाएकोमा खुशी व्यक्त गरे । शरिरमा लगाएको लुगा बाहेक अन्य घरमा रहेको सामान केही बचाउन नसकिएको बाढीपीडितहरूको भनाइ छ । बलिराम चौधरीको घर भत्किदा १६ जना विस्थापित भएका हुन् । १६ जना परिवार मध्ये केही आफन्तको घरमा र केही सदस्य उक्त उपलब्ध गराइएको शनिबारदेखि बास बस्न थालेको समाजसेवी बस्नेत बताए ।

उनले भने,–। ‘घरवारविहीन बाढीपीडितको आफ्नो स्थायी घरबास नहुदासम्म बास बस्नको लागि घर उपलब्ध गराइएको हो ।’ यसभन्दा अगाडि छिमेकीको घरमा बास बस्दै आएको भतरकुण्ड टोल विकास संस्थाका अध्यक्ष राजकुमार चौधरीले जानकारी दिए ।

Facebook Comments Box

सम्पादकीय

सबै

सम्पादकीय : संविधान संशोधनको बाटोमा अगाडि बढौँ

आज संविधान दिवसको सातौँ संस्करण । आजभन्दा ६ वर्षअगाडि वि.स. २०७२ साल असोज ३ गते मुलुकमा संविधान जारी भएको थियो

उज्यालो प्रतिनिधि ३ आश्विन २०७८, आईतवार

विशेष सम्पादकीय : राष्ट्रपतिलाई महाअभियोग लगाउन बिलम्ब नगरौँ

बुद्ध लोप्चन २८ असार २०७८, सोमबार

ख्यालख्याल होइन, कोरोना

उज्यालो प्रतिनिधि २५ बैशाख २०७८, शनिबार

विशेष सम्पादकीय : खड्गप्रसाद तुरुन्त बोल, उज्यालो नेटवर्ककर्मीलाई बिना शर्त रिहाई

उज्यालो प्रतिनिधि १२ बैशाख २०७८, आईतवार